Connect with us
Kapilvast Forest

भुमिहिनले भने हामीले लालपुर्जा कहिले पाउने ?

२०७६, ३ आश्विन शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु असोज ३
कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका करिब ४ हजार भूमिहिन घर परिवारलाई जोतभोग गर्दै आएको जग्गाको लालपुर्जा सरकारले प्रदान गर्नु पर्ने जिल्ल भूमि अधिकार मंच कपिलवस्तु अध्यक्ष निरपत थारुले बताउनु भएको छ । संविधान समृद्धिका लागी भूमि अधिकार स्थानिय सरकार हाम्रो सरोकार भन्ने नारा सहित जिल्ला भूमि अधिकार मंच कपिलवस्तुको आयोजनामा शिवराज नगरपालिकामा २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन ।
त्यस्तै भुमिहीन नाजमा खातुनले हामीले लालपुर्जाको लागि पटक पटक माग गर्दा पनि सरकारले हामीलाई बहानमा फसाउदै गएको बताउनु भयो । नाजमाले बर्षौ देखि विना पुर्जाको जग्गामा जोतभोग गर्दै आएका सुकुम्बसीहरुलाई संविधान निर्माण भएको ४ बर्ष पुरा हुदाँ पनि भूमि हिनका समस्या जस्ता तस्तै रहेको बताउनु भयो ।
भूमिहिनहरुले आफ्नो गाँस बास र कपासको लागी कहाँ को संग माग्ने, भूमि हिनका मुद्दालाई सरकारले कसरी सम्बोधन गरेको छ भन्ने विषयमा जानकारी दिनका लागी प्रशिक्षण कार्यक्रममा भुमीहिनले यस्तो बताएका हुन । सुरक्षित घरबास सबैलाई खेतियोग्य जमिन जोताहा किसानका लागी प्रशिक्षण कार्यक्रम सुरु भएको हो । शिवराज नगरपालिकाको सहयोगमा संचालित भूमिहिन किसानहरुको अधिकारका लागी संविधानमा भएका व्यवस्थाका बारेमा जानकारी सहितको प्रशिक्षण दिइने आयोजक भूमि अधिकार मंचले जनाएको छ ।

बास्तविका सुकुम्बासीका समस्या अहिले देश कै टडकारो समस्याको रुपमा रहेको शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताए । सुकुम्बासीलाई हकभोगको व्यवस्था गर्नका लागी भूमि व्यवस्था विधेयक पास भै सकेको र ऐन निति नियम निर्माणको काम भैरहेको उनले बताए । निति र नियम बनेपछि भूमिहिनले जग्गा पाउनेमा ढुक्क हुन समेत प्रमुख अधिकारीले सुकुम्बासीलाई आश्वास्त पारे । हक अधिकार माग गर्नु जायज भएको जनाउदै मेयर अधिकारीले सुकुम्बासीको नाममा हुकुमबासीले फाइदा लिने हुदाँ बास्तविक सुकुम्बासी सधै ओझेलमा पर्ने गरेको बताए ।
नगरले गत आर्थिक बर्षमा सुकुम्बासी बस्तीमा पनि सडक , खानेपानी स्वास्थ्य,शिक्षा लगायतका भौतिक पूर्वाधारहरुको विकास गरको उल्लेख गर्दै नगरले सुकुम्बासीलाई प्राथमिकतामा राखेको जिकिर गरे । घरबास नभएकाहरुलाई नगरले केहि बर्ष अघि बन संग सहकार्य गरी आवासको व्यवस्था गरिदिएको बताउदै ,सुकुम्बासी भन्दै जग्गा घेरेर बेच्नेहरुबाट बास्तविक सुकुम्बासी सचेत हुनु उनले आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटाले सुकुम्बासीलाई लाल पुर्जा दिने भन्दै बेलाबखतमा रकम असुल्ने काम भएकोले कोहि कसैलाई रकम नदिन र कसैको लहलहै नलाग्न आग्रह गरे । स्थानिय तहले लाल पुर्जा वितरण गर्ने अधिकार नभएकोले चुनावी भाषणमा गरिएको प्रतिवद्धता पुरा गर्न नसकेको स्वीकार गरे । अहिलेको सरकार बहुमतको सरकार भएकाले भूमि व्यवस्था विधेयक पास भइसकेको भएर अब ढिलो चाडो लाल पुर्जा वितरण हुने सापकोटाले बताए ।
भूमि अधिकार मंच कपिलवस्तुका अध्यक्ष नृपथ थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख नेत्रराज अधिकारी, प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्याल, वडा नं. ५ का अध्यक्ष अर्जुन बहादुर पाण्डे, वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटा, मालपोत कार्यालय चन्द्रौटाका नायब सुब्बा लोक बहादुर खत्री, मंचका पूर्व केन्द्रिय अध्यक्ष सोम प्रसाद भण्डारी, नेपाली काँग्रेस शिवराज नगर सभापति मधु पोखरेल लगायतको सहभागिता रहेको कार्यक्रमको स्वागत मंचका सल्लाहकार लालु खनाल र संचालन मन्जु चौधरीले गरेकी थिइन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu