Connect with us
Kapilvast Forest

‘विदेशी ज्वाइँले देश खान्छन् कि भनेर नडराए हुन्छ’    

२०७६, ४ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकतामा विभेद गर्न नहुने बताउनुभएको छ । समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष भट्टराईले शुक्रबार आयोजित कार्यक्रममा वैवाहिक अंगीकृत नागरिकतामा विदेशी बुहारी र ज्वाईमा विभेद गर्न नहुने धारणा राख्नुभयो । विभेदपूर्ण भएको भन्दै त्यसलाई हटाउनुपर्ने पार्टीको अडान राख्नुभयो ।

अंगीकृत नागरिकता विदेशी बुहारीलाई छिटो दिने, ज्वाइँलाई नदिने ? विभेद गर्न पाइन्न’ उहाँले भन्नुभयो, ‘आफ्नै छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ विदेशी ज्वाईँले देश भरिन्छ भनेर डराउनुपर्ने अवस्था छैन । विदेशी ज्वाइँ आएर देश खाइदिन्छ भनेर किन डराउनु पर्यो ?’

पूर्व प्रधानमन्त्री भट्टराईले अंगीकृत नागरिकता सम्बन्धमा अहिले तय गरिएको प्रावधान हटाउनुपर्ने बताउनुभयो । ‘नागरिकता विधेयकमा विदेशी बुहारीलाई ७ र विदेशी ज्वाइँलाई १५ वर्षमा अंगीकृत नागरिकता दिने प्रावधान बनाइएको छ, त्यो प्रावधान विभेदयुक्त छ’ उहाँले भन्नुभयो, अहिलेको युगमा महिला र पुरुषबीच विभेद गर्न पाइँदैन । त्यसकारण त्यो प्रावधान हटाउनुपर्छ ।’

नेता भट्टराईले मुलुक प्रत्यक्ष र कार्यकारी राष्ट्रपति हुने व्यवस्थामा जानुपर्ने तर्क गर्नु भयो । ‘मुलुकलाई समृद्ध बनाउने हो भने जातीय आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व हुने गरी व्यवस्थापिका र प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने शासकीय व्यवस्था कायम गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu