Connect with us
Gautam Buddha community forest

अपराध

अफ्नै श्रीमान मार्ने श्रीमती पक्राउ

सप्तरी । आफनै बुवाको कुटपिट गरि हत्या गरेर फरार रहेका छोरा र मृतकका श्रीमतीलाई बुधबार सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–१ पकरी निवासी २३ वर्षीय नहिम पमरिया र उनको ५० वर्षीया आमा जमुनी खातुन रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

पारिवारिक विवादका कारण दुई दिन अघि आइतबार राती मदिराको सुरमा नहिम पमरियाले बुवालाई कुटपिट गर्दा ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु थियो । मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए ।

पक्राउ परेका आमाछोरा हत्यामा संलग्नता रहेको गाउँलेले आंशका गरेपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिनुभयो ।

दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरि कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाइ छ। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको छ ।

 

Advertisement Shivaraj
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

समाचार7 hours ago

कपिलवस्तु शिवराजमा खानेपानी उपभोक्ता समिति गठन

नवराज पौडेल, कपिलवस्तु कार्तिक ०५, कपिलवस्तुको शिवराज नगरपालिका ३ मा खानेपानी उपभोक्ता समिति गठन गरिएको छ । शिवराज नगरपालिका ३...

समाचार14 hours ago

थप २५ विद्युतीय बस खरीद गर्दै सुन्दर यातायात

काठमाडौं। चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले यही वर्षभित्रै थप २५ बस थप गर्ने भएको...

समाचार14 hours ago

यसवर्षको तिहारमा पनि रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर नखुल्ने

काठमाडौं : भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर यस वर्ष पनि नखुल्ने भएको छ। विसं २०७२ वैशाख १२...

समाचार15 hours ago

जुम्लामा मार्सी धान भित्र्याउन भ्याइनभ्याई

जुम्ला । जुम्लाका किसानलाई यतिबेला कालीमार्सी धान भित्र्याउन भ्याइनभ्याई भएको छ । जुम्लाका किसान दशैँ सकिएलगत्तै धमाधम धान काट्न थालेका...