काठमाडौं । संघीय संसदकी महिला कर्चाचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा सभनमुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने ? भन्ने बहस शुरु भएको छ ।संविधान र प्रतिनिधिसभा नियमावली अनुसार नेकपाले समाल्दै आएको सभामुख र उपसभामुख मध्ये एक पद त्याग्नु पर्ने अवस्था पनि आएको छ ।सभामुखको लागि उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले पनि उमेदवारी दिन पाउनु हुनेछ । यस्तो अवस्थामा उहाँले उपसभामुख छोड्नु पर्नेछ । राजधानी दैनिकमा प्रकाशित छ ।