Connect with us
Gautam Buddha community forest

खेल

नेदरल्यान्ड्स विरुद्ध नेपालको सनसनीपूर्ण जित

२० असोज, काठमाडौं । करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले नेदरल्याड्सविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ । ब्याटिङ र बलिङ दुवैमा करण चम्किँदा नेदरल्यान्ड्स ४ विकेटले स्तब्ध बनेको हो ।

टस जितेर पहिले बलिङ रोजेको नेपालले नेदरल्यान्ड्सलाई एक सय ३३ रनमा समेटेको थियो । १ सय ३४ रनको सामान्य लक्ष्य भेट्टाउन नेपाललाई निकै संघर्ष गर्नुपर्‍यो । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा करणले छक्का र चौकाको वषर्ा गरेका थिए । केवल १४ बलमा तीन छक्का र एक चौका प्रहार गरेका उनी ३१ रनमा अविजित रहे ।

अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गरेका करणले दोस्रो बल डट खेले । तेस्रो बलमा उनले चौका निकाले भने चौंथो बलमा फेरि छक्का हान्दै स्कोर बराबरीमा ल्याएका थिए । पाँचौं बलमा उनले एक रन लिँदै नेपाललाई जित दिलाए ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए पनि उनको आक्रामक रवैया आज देखिएन । उनले ४१ बलको खपत गर्दै एक छक्का र एक चौका हिर्काएका थिए ।

अन्य ब्याट्सम्यानहरुले पनि क्रिजमा निकै संघर्ष गरेका थिए । विनोद भण्डारीले २२ बलमा २६ रन बनाउँदै नेपालको स्कोर उकास्न मद्दत गरे ।

यसअघि बलिङमा पनि करणको उत्कृष्ट प्रदर्शन रह्यो । उनले ३.३ ओभरमा १७ रन मात्र खर्चेर चार विकेट लिन सफल भए । करणलाई सन्दीप लामिछानेले बलियो साथ दिए । सन्दीपले ४ ओभरमा २० रन खर्चेर चार विकेट नै लिए ।

नेपाली बलरहरुविरुद्ध नेदरल्यान्ड्सका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् र, १९.३ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनायो । पहिलो विकेट सस्तैमा गुमाएको उसका म्याक्स ओ’डाउडले स्टोनिओ स्टल र कोलिन एकरम्यानसँग मिलेर पारी सम्हाले ।

दोस्रो विकेटका लागि स्टलसँग ४१ रनको साझेदारी गरेका ओ’डाउडले तेस्रो विकेटका लागि एकरम्यानसँग ४७ रनको साझेदारी गरे । तेस्रो विकेटका रुपमा एकरम्यान आउट हुँदा नेदरल्याड्सको स्कोर ९७ रन थियो ।

तर थप ३६ जोड्दा सबै विकेट गुमायो । ओ’डाउडले ४३ रन बनाए । एकरम्यानले २९ र स्टलले २१ रन बनाए ।

Advertisement Shivaraj
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

समाचार6 hours ago

कपिलवस्तु शिवराजमा खानेपानी उपभोक्ता समिति गठन

नवराज पौडेल, कपिलवस्तु कार्तिक ०५, कपिलवस्तुको शिवराज नगरपालिका ३ मा खानेपानी उपभोक्ता समिति गठन गरिएको छ । शिवराज नगरपालिका ३...

समाचार14 hours ago

थप २५ विद्युतीय बस खरीद गर्दै सुन्दर यातायात

काठमाडौं। चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले यही वर्षभित्रै थप २५ बस थप गर्ने भएको...

समाचार14 hours ago

यसवर्षको तिहारमा पनि रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर नखुल्ने

काठमाडौं : भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर यस वर्ष पनि नखुल्ने भएको छ। विसं २०७२ वैशाख १२...

समाचार14 hours ago

जुम्लामा मार्सी धान भित्र्याउन भ्याइनभ्याई

जुम्ला । जुम्लाका किसानलाई यतिबेला कालीमार्सी धान भित्र्याउन भ्याइनभ्याई भएको छ । जुम्लाका किसान दशैँ सकिएलगत्तै धमाधम धान काट्न थालेका...