Connect with us
Kapilvast Forest

नेपालमा रहेको भारु साट्ने व्यवस्था मिलाइदिन अर्थमन्त्रीको आग्रह

२०७६, १७ आश्विन शुक्रबारमा प्रकाशित

अर्थमन्त्री डा. यूवराज खतिवडाले नेपालमा रहेको भारतीय नोट साट्ने व्यवस्था मिलाउन भारतीय वित्तमन्त्रीलाई आग्रह गरेका छन् ।

भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन पुगेका खतिवडाले वित्तमन्त्री निर्मला सितारमणलाई भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे ।

अर्थमन्त्री डा. खतिवडाले भारतबाट नेपालतर्फ जाने व्यक्तिहरुले आपूmसँग लैजान पाउने ठुला दरका भारु नोटहरु फर्काउने सम्बन्धमा द्धिविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सूचना जारी गरिदिन समेत आग्रह गरे ।

विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने आस्वासन भारतीय वित्तमन्त्री सितामरणले दिइन् ।

अर्थमन्त्री डा. खतिवडाले पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण तथा राजस्वका क्षेत्रमा भएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धि लगायतका विषयमा समेत छलफल गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu