Connect with us
Gautam Buddha community forest

खेल

नेपाल र हङकङ भिड्दै

काठमाडौं, असोज १९ । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित ट्वेन्टी–२० क्रिकेट शृंखलाअन्तर्गत् आज नेपालले हङकङको सामना गर्दैछ ।

खेल ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुनेछ । नेपाली समयानुसार दिउँसो पौने ३ बजे खेल सुरु हुनेछ ।

शनिबारदेखि सुरु भएको प्रतियोगितामा नेपालको यो पहिलो खेल हो । हङकङ भने उद्घाटन खेलमा आयोजक ओमानसित ७ विकेटले पराजित भएको थियो ।शनिबारै भएको दोस्रो खेलमा टेस्ट राष्ट्र आयरल्यान्डले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो ।

नेपालले सोमबार नेदरल्यान्ड्ससित दोस्रो खेल खेल्नेछ । नेपालले बुधबार आयरल्यान्डसित तेस्रो र अन्तिम खेल बिहीबार ओमानसित खेल्ने तालिका छ ।

आयोजक ओमान, नेपालसहित आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सबीच शृंखला भइरहेको हो ।

नेपाली टोली सिंगापुरमा त्रिकोणात्मक टी–२० शृंखला सकाएर बिहीबार राति ओमान पुगेको थियो ।

Advertisement Shivaraj
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

समाचार2 hours ago

कपिलवस्तु शिवराजमा खानेपानी उपभोक्ता समिति गठन

नवराज पौडेल, कपिलवस्तु कार्तिक ०५, कपिलवस्तुको शिवराज नगरपालिका ३ मा खानेपानी उपभोक्ता समिति गठन गरिएको छ । शिवराज नगरपालिका ३...

समाचार10 hours ago

थप २५ विद्युतीय बस खरीद गर्दै सुन्दर यातायात

काठमाडौं। चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले यही वर्षभित्रै थप २५ बस थप गर्ने भएको...

समाचार10 hours ago

यसवर्षको तिहारमा पनि रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर नखुल्ने

काठमाडौं : भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर यस वर्ष पनि नखुल्ने भएको छ। विसं २०७२ वैशाख १२...

समाचार10 hours ago

जुम्लामा मार्सी धान भित्र्याउन भ्याइनभ्याई

जुम्ला । जुम्लाका किसानलाई यतिबेला कालीमार्सी धान भित्र्याउन भ्याइनभ्याई भएको छ । जुम्लाका किसान दशैँ सकिएलगत्तै धमाधम धान काट्न थालेका...