Connect with us
Kapilvast Forest

मेयरले रावण जलाएपछि…

२०७६, २२ आश्विन बुधबारमा प्रकाशित

धनुषा । जनकपुरधाममा रावण वध गरी लंका दहन गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कृतिम लंका दहन गर्नुभएको हो ।

विजयदशमीको अन्तिम दिन मंगलबार साँझ रावणको प्रतिमा निर्माण गरी वध त्यसलाई गरिएको हो । १४ वर्षको वनवासपछि रावणसँग युद्धमा भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुशियालीमा जनकपुरमा रावण वध कार्यक्रम हुने गर्छ ।

स्थानीय महावीर युवा कमिटीको पहलमा जनकपुरधाममा ६ वर्षदेखि रावण वध कार्यक्रम हुँदै आएको छ । यस वर्ष पहिलोपटक लंका दहन समेत गरिएको हो । विगतमा झैँ यस वर्ष पनि जनकपुरस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावणको प्रतिमा निर्माण गरी विभिन्न खाले फटकासहितको सामग्रीमा आगो लगाई दहन गरिएको छ । प्रतिकात्मकरुपमा तयार पारिएका मानवरुपी भगवान् रामले रावण बध र हनुमानले लंका गरेका थिए ।

रावण वध कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले भगवान् रामको जीवन सङ्घर्षका साथ अगाडि बढेको स्मरण गराउँदै सङ्घर्षपछिको फल मिठो हुने गरेको बताउनुभयो । रावण विद्वान् रहे पनि सीता हरणका कारण भगवान् रामले वध गर्नुपरेको प्रमुख साहले बताउनुभयो ।

भारतमा मनाइने गरेको यो कार्यक्रम ६ वर्षदेखि जनकपुरमा समेत शुरु गरिएको हो । गंगासागर र धनुषसागर पोखरीको बीचमा हुने रावण बध कार्यक्रम अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको थियो । रावण वध तथा लंका दहन कार्यक्रममा नागरिक समाज, बुद्धिजीवी, युवा क्लबका प्रतिनिधिसहित उल्लेख्य संख्यामा सर्वसाधारण सहभागी थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu