Connect with us
Kapilvast Forest

सीको स्वागत तयारीः हराभर बन्यो तीनकुने

२०७६, १९ आश्विन आईतवारमा प्रकाशित

विकास श्रेष्ठ,काठमाडौं । चमत्कारिक विकासका कामहरु गरेर चीनले विश्वलाई आश्चर्यमा पार्दै आएको छ । सडक, पुल, रेलवे, विमानस्थल निर्माणमा उसले गरेको काम अरु देशका लागि आश्चर्यजनक र लोभलाग्दो रहँदै आएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्व संध्यामा काठमाडौंमा पनि त्यस्तै त होइन तर त्यही शैलीमा रातारात काम भइरहेको छ । हिजोसम्म खाल्डैखाल्डा रहेको सडक रातारात चिल्ला भएका छन्, सडक पेटीहरु रंगिएका छन् ।

त्यतिमात्र होइन, पार्क बनाउने भनेर वर्षौंसम्म अलपत्र पारिएको तीनकुने चोकमा रातारात हरियाली छाएको छ । सडक छेउछाउ हरिया विरुवाहरु रोपिएका छन्, अब दुबो उमारिनेछ र चिनियाँ राष्ट्रपति सी जिनपिङ त्रिभुवन विमानस्थलबाट ओलिएर अगाडि बढ्दा यो हरित पार्कले स्वागत गर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu