Connect with us
Kapilvast Forest

आज र भोली ५ वर्षमुनिका बच्चालाई भिटामिन ए र जुकाको औषधी खुवाइँदै

२०७६, २ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार र आइतबार पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश तथा स्थानीय निकायसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो।

स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखा प्रमुख केदार पराजुलीले पहिलो चरणअन्तर्गत ७५३ वटै स्थानीय निकायका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाउने कार्यक्रम रहेको जानकारी दिए ।

पराजुलीले भिटामिन ए सँगै महिला स्वास्थ्य स्वयंसेविकाबाट छ महिनादेखि पाँच वर्षसम्मका २७ लाख बालबालिकाको पोषण स्थिति जाँच गर्न ‘एमयूएसी’ टेपबाट पाखुराको नाप लिने जानकारी दिए ।

६ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई बालबिटा ट्याब्लेट बाँड्ने योजनासमेत रहेको पनि पराजुलीले बताए । भिटामिन ए कार्यक्रमका लागि सबै स्थानीय तहमा कार्यरत ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई परिचालित गरिने छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu