Connect with us
Kapilvast Forest

आयरल्याण्डसँग नेपाल १३ रनले पराजित

२०७६, २२ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं – ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० शृङ्खलाअन्तरगत तेस्रो खेलमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको छ । आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपाले निर्धारित २० ओभरमा पुरै विकेट गुमाएर १३२ रन मात्र जोड्न सक्यो । सुरुवाती ब्याट्सम्यानले सन्तुलिन ब्याटिङ प्रर्दशन गरे पनि मध्य र तल्लो क्रमका ब्याट्सम्यानले दोहोरो अंकको स्कोर समेत छुन नसके सकेनन् ।

ओपनरद्वय पारस खड्काले २५ र ईशान पाण्डेले २२ रन बनाएका थिए । आरिफ शेखले २६ रन र दिपेन्द्रसिंह ऐरीले १९ रन जोडे । आयरल्याण्डका लागि पाउल स्टर्लिङले सर्वाधिक ५९ रनको योगदान दिए । उनले यस क्रममा ६ चौका र २ छक्का हिर्काएका थिए । त्यस्तै, एन्डी बालबर्नीले ३८ तथा स्टुवार्ट थम्सनले २१ रनको योगदान दिए ।

नेपालका लागि सन्दीप लामिछाने र पारस खड्का र अभिनास बोहोराले २–२ तथा करण केसी र ललित राजवंशीले १–१ विकेट लिए । यसअघि हङकङ र नेदरल्याण्डबिरुद्धको खेलमा नेपाल विजयी भएको थियो ।तर आजको खेलामा नेपाल पराजित भएपछिद आयरल्याण्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

उसले चार खेलबाट ६ अंक जोडेको छ भने नेपाल २ खेलबाट ४ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu