Connect with us
Kapilvast Forest

कपिलवस्तु शिवराजमा खानेपानी उपभोक्ता समिति गठन

२०७६, ५ कार्तिक मंगलवारमा प्रकाशित

  • नवराज पौडेल, कपिलवस्तु कार्तिक ०५,

कपिलवस्तुको शिवराज नगरपालिका ३ मा खानेपानी उपभोक्ता समिति गठन गरिएको छ । शिवराज नगरपालिका ३ मा रहेको स्वर्गद्धारी मन्दिरको सभाहलमा आयोजित एक भेलाले ईश्वरी पाण्डेको अध्यक्षतामा ११ सदस्यीय खानेपानी उपभोक्ता समिति गठन गरेको हो । जसको उपाध्यक्षमा, सन्तोषी पाण्डेय,सचिव बलराम मरासिनी कोषाध्यक्ष, यम लाल भुसाल सह सचिवमा प्रेम नारायण खनाल र सदस्यहरुमा सपना गीरी ,वम बाहादुर के .सी शान्ता पाण्डे ,विनु थापा क्षेत्री,बहाउ कुर्मी र नैना अदै रहेका छन् ।

वडा नम्वर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले उपभोक्ता समितिमा रहने पदाधिकारीको नामावली भेलामा प्रस्ताव पेश गर्दा एकमतका साथ ताली बजाएर समर्थन गरिएको थियो ।सर्व सम्मत रुपमा चयन भएका अध्यक्ष ईश्वरी पाण्डेय सचिव बलराम मरासिनी, कोषाध्यक्ष यमलाल भुसाल र सदस्य शान्ता पाण्डेयले सबैको साथ र सहयोग लिएर खानेपानीको आयोजनालाई सफल पार्ने प्रतिवद्धता जाहेर गरेका थिए । उक्त भेलालाई सम्बोधन गर्दै वडा नम्वर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले वडावासीले शुद्ध पिउने पानी पिउन नसकिरहेको अवस्थामा प्रदेश नम्वर ५ को कार्यक्रम अन्र्तगत ठूलो खानेपानीको आयोजना निर्माण हुन लागेको बताउनु भयो ।

उनले विकासको काम एक्लै गर्न असम्भव रहेको हुँदा सवैको साथ र सहयोग रहेमा राम्रो सँग विकास गरेर छाडने बताए । खानेपानी उपभोक्ता समिती गठन गर्न वडा भित्रका सम्पूर्ण राजनितिकदल , समाजसेवी, बृद्धिजिवी, व्यापारी लगायतका व्यत्तित्वहरुको सहयोग गरी उपभोक्ता समिति सर्व सम्मत रुपमा गठन गर्न सहयोग गरेकोमा धन्यावद दिदै आगामी दिनमा समेत यस्तै सहयोगको आशा राखे । खाने पानी आयोजना सफल भएमा वडा नंम्वर ४ को वनकट्टी र वडा नंम्वर ११ को नयां वस्तीका नागरिक समेत यस आयोजना बाट लाभांवित हुने बताउनु भयो ।

यस्तै नेपाली कांग्रेशका युवा नेता अजय थापाले ठूलो प्रयासका बाबजूद उपभोत्ता समिति गठन हुनु वडा वासीका लागी ठूलो उपलब्धि रहेको बताए । खानेपानीको पहुँच नभएको बस्ती र सर्वे नभएका बस्तीहरुमा समेत शुद्ध खानेपानिको व्यवस्था मिलाउन आवश्यक रहेको बताए । सर्व सम्मत रुपमा चयन भएका उपभोक्ता समितिका पदाधिकारीहरुलाई वडा अध्यक्ष तथा समाजसेवीहरु, वडा स्तरीय पार्टीका नेताहरुले अविरको टिका लगाई आयोजना सफल पार्न शुभकामना दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu