Connect with us
Kapilvast Forest

काठमाडौं वुमन्त च्याम्पियन्स लिग क्रिकेटको फाईनलमा

२०७६, ५ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं । क्याट क्विन्स काठमाडौं वुमन्त च्याम्पियन्स लिग क्रिकेटको फाईनलमा प्रवेश गरेको छ ।

काठमाडौंको कीर्तिपुर खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै क्याट क्विन्स काठमाडौं फाईनलमा प्रवेश गरेको हो ।

अव आगामी विहीबार हुने खेलमा क्याट क्विन्स काठमाडौंले चितवन राइनोजसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । विराटनगर टाईटन्स भने प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगर टाईटन्सले दिएको ६९ रनको सामान्य लक्ष्य क्याट क्विन्स काठमाडौंले ९ ओभर ५ बलमा मात्र विकेट गुमाएर पूरा ग¥यो ।

काठमाडौंका लागि कप्तान रुविना क्षेत्रीले अविजित ३४ रन जोड्दा अप्सरी बेगमले ३७ रनको योगदान गरेकी थिइन । विराटनगरलाई समेटन काठमाडौंकी कप्तान रुविना क्षेत्रीले ४ विकेट लिएकी थिइन । प्रतियोगिताको बिजेता टोलीले ७ लाख नगदसहितको पुरस्कार पाउनेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu