Connect with us
Kapilvast Forest

चितवन मेडिकल कलेज तोडफोडः चिकित्सक संघद्वारा भर्त्सना

२०७६, ४ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं, कात्तिक ४ । चितवन मेडिकल कलेजमा उपचारकाक्रममा एक महिलाको मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालमा गरेको तोडफोडको नेपाल चिकित्सक संघले भर्त्सना गरेको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संघले आपराधिक मानसिकता बोकेका व्यक्तिहरुले उपचारकाक्रममा भएको घटनालाई लिएर तोडफोड गर्ने र चिकित्सकहरुलाई लखेटी–लखेटी हातपात गरिएको भन्दै भर्त्सना गरेको हो ।

संघले आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाही गर्नसमेत माग गरेको छ ।यस्तै, चिकित्सक संघ चितवनले पनि घटनामा संलग्नहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

चिकित्सक संघले माग पूरा गर्न २४ घन्टे ‘अल्टिमेटम’समेत दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu