Connect with us
Kapilvast Forest

चीनले दियो नेपाली सेनालाई दुई अर्बभन्दा बढीको सहयोग

२०७६, ३ कार्तिक आईतवारमा प्रकाशित

चीन सरकारले नेपाली सेनालाई दुई अर्बभन्दा बढी रकम बराबरको सहयोग गर्ने भएको छ ।

चीन भ्रमणमा रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ रक्षामन्त्री जनरल वि फेन्हीबीच आइतबार यससम्बन्धमा हस्ताक्षर भएको हो ।रक्षामन्त्री पोखरेलका स्वकीय सचिव लोकेन्द्र केसीका अनुसार दुई मन्त्री पोखरेल र फेन्हीबीच १ सय ५० मिलियन युआन अर्थात् करिब दुई अर्ब ४१ करोड २४ लाख ३७ हजार १४८ रुपैयाँबराबरको सहयोग सम्झौतामा हस्ताक्षर गरिएको हो ।

यो सहयोग मानवीय तथा विपद व्यवस्थापनसँग सम्बन्धित सामग्री उपलब्ध गराउनमा खर्च गरिने छ । हालै सम्पन्न चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा उक्त सहयोगको प्रतिबद्धता भएको थियो ।सम्झौताबमोजिम आगामी तीन वर्षमा सामग्रीहरुको विवरणको आधारमा नेपाललाई हस्तान्तरण गरिने रक्षा मन्त्रालयले जनाएको छ ।

यसअघि गत वर्षको रक्षामन्त्री पोखरेलको चीन भ्रमणका क्रममा पन्ध्र करोड युआन बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सहायता सामग्री उपलब्ध गराउने सम्झौता भएको थियो ।त्यसक्रममा रक्षामन्त्री पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशील, शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्देशित भएको उल्लेख गरे ।

चिनियाँ रक्षामन्त्री जनरल फेन्हीले नेपाल र चीनबीच प्राचीन कालदेखि नै सुमुधर, मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गरे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu