Connect with us
Kapilvast Forest

‘जनता अब भाषण र पार्टीको दस्तावेजबाट खुशी हुँदैनन्’

२०७६, १५ आश्विन बुधबारमा प्रकाशित

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले जनता पार्टीको भाषण, प्रशिक्षण र दस्तावेजबाट खुशी नहुने बताउनुभएको छ ।

‘राजनीतिक परिवर्तन भयो तर जनताले अहिलेसम्म व्यवहारिक रुपमा त्यसको महशुस गर्न सकेका छैनन’ रेडियो सन्देशले बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, ‘जनतालाई व्यवहारमा परिवर्तनको महशुस गराउनु आवश्यक छ । तर जनता अब पार्टीको भाषण, प्रशिक्षण र दस्तावेजबाट खुशी हुने अवस्था छैन । जनता निरास छन् ।’

प्रवक्ता श्रेष्ठले मुलुकलाई सामाजिक र आर्थिक रुपान्तरण गर्दै समृद्धतर्फ लग्नुपर्ने उल्लेख गर्नुभयो । ‘विकासको एजेण्डामा सबै राजनीतिक दल एक हुनुपर्छ’ उहाँले भन्नुभयो, ‘समृद्धिको अभियानमा सबैको साझा सहमति आवश्यक छ ।’

नेता श्रेष्ठले मुलुक कुनै हालतमा प्रतिगमनतर्फ नफर्कने बताउनु भयो । ‘अहिले प्रतिगमनकारीहरु विभिन्न बाहनामा .सल्वलाएका छन् तर जति सल्बलाए पनि उनीहरुको योजना सफल हु्ने छैन’ उहाँले भन्नुभयो, ‘ सरकार र लोकतान्त्रिक पार्टीले सही ढंगले कार्य गरे परिवर्तन सस्थागत हुन्छ । त्यसप्रति सरकार र नेकपा सचेत छ । सरकारले जनतालाई राजनैतिक व्यवस्थाप्रति निरास हुन दिने छैन ।’

नेता श्रेष्ठले सरकारले प्रतिपक्षलाई दमन गर्ने र प्रतिपक्षले सत्तापक्षको विरोध गर्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu