Connect with us
Kapilvast Forest

टीकाको साइत बिहान ०९ः५१ बजेदेखि

२०७६, १९ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं । मुलुकभर बडादशैंको चहलपहल बढिरहेको छ । मान्यजनबाट टीका लगाउन सबै आ आफ्ना गन्तव्यमा गइरहेका छन् । विजया दशमी अर्थात् दशैंको टीका आउन अब दुई दिन बाँकी छ ।

विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ः५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

मीठो खाने, राम्रो लगाउने तथा पारीवारिक भेटघाट गरिने र स्नेह एवं सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने बडादशैं पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ ।

असत्यमाथि सत्यको विजयका रुपमा मनाइने बडादशैं पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनित सम्झनामा मनाउने गरिन्छ । कृषिका औजार अन्नबालीको पूजा गर्ने परम्पराका रूपमा पनि दशैँलाई लिइन्छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu