Connect with us
Kapilvast Forest

‘तत्काल सभामुखकाे निर्वाचन हुँदैन’

२०७६, ३ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकाले तत्काल सभामुखको निर्वाचन हुने अवस्था नरहेको बताउनुभएको छ ।

प्रमुख सचेतक गुरुङले एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने भन्दै सर्वाेच्च अदालतमा दायर गरिएको मुद्दा विचाराधिन रहेकाले सभामुखको निर्वाचनबारे टिकाटिप्पणी गरिरहन नमिल्ने बताउनुभयो ।

राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सभामुखको निर्वाचन हुनका लागि उपसभामुखले राजीनामा दिनुपर्ने अवस्था रहेको बताउनुभयो । सभामुख र उपसभामुख दुवै पद खाली भए दलहरुबीच सहमतिको आधारमा उम्मेदवार तय गरेर निर्वाचन गर्न सकिने प्रमुख सचेतक गुरुङको बुझाई छ ।

‘संविधानले सभामुख र उपसभामुख दुई पद फरक/फरक दलको हुनुपर्ने व्यवस्था गरेको छ,’ प्रमुख सचेतक गुरुङले भन्नुभयो, ‘यस्तो अवस्थामा दुवै पद खालि नभई सभामुखको निर्वाचन गर्न मिल्दैन ।’यौन दुराचारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिननुभएपछि रिक्त पदका लागि निर्वाचन गर्न सर्वोच्च अदालतमा विचाराधिन मुद्दाले असहज बनाएको प्रमुख सचेतक गुरुङको भनाइ छ ।

सभामुखको निर्वाचन गर्ने अवस्थानै नभएका बेला त्यसमा व्यक्तिले दाबी गर्नुको कुनै औचित्य नरहने गुरुङको भनाइ थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu