Connect with us
Kapilvast Forest

दशैंमा जेलभित्रै सुँगुर काटेर खाँदा २ कैदीको मृत्यु, २ सिकिस्त

२०७६, २१ आश्विन मंगलवारमा प्रकाशित

पाँचथर । सुँगुरको मासु खाँदा दुई कैदीको मृत्यु भएको छ । दुईजना सिकिस्त छन् । कैदीले दशैंको अवसरमा आइतबार कारागारभित्रै सुँगुर ल्याएर काटेको प्रहरीले जनाएको छ । सुँगुरको मासु खाएपछि कैदीहरुलाई झाडा पखाला लागेकाे हो ।

बिरामी परेका उनीहरुलाई सोमबार बिहान जिल्ला अस्पताल भर्ना गरिएको थियो । कैदी जीवन बिताइरहेका फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय वुद्धि केरुङ र याङनामकै ३४ वर्षीय जयप्रकाश जवेगुकाे उपचारको क्रममा मृत्यु भएको हो ।

अर्का कैदी जवेगुकाे अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ लाँदै गर्दा साेमबार राति बाटोमै ज्यान गएको प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो ।

सुँगुरको मासु खाएका कैदीद्वय कुम्मायक गाउँपालिकाका ३० वर्षीय दिनेश खजुम र सिदिन गाविसका सुन्दर राई बिरामी परेका छन् । उनीहरुको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu