Connect with us
Kapilvast Forest

मुस्लिम समुदाय नेतृत्वको लागि किन पछाडी ?

२०७६, ५ कार्तिक मंगलवारमा प्रकाशित

  • जाहिदा बानू

 

नेपाल एक बहुधार्मिक, बहुजातीय र बहुसाककस्कृतिक देश हो । भौगोलिक, धार्मिक तथा साककस्कृतिक विविधता भित्र एकताको मालामा गाककसिएका नेपालीहरुको देश नेपाल हो।

नेपाली समाज भित्र एकापसमा एकता र मैत्रिपूर्ण वातावरण छ । नेपालमा मुस्लिम जातिको धर्म, सककस्कार, भाषा, रहनसहन, परम्परा, भेषभूषा, साहित्य, कलाकौशल ईत्यादी फरक रहेता पनि हामी नेपाली हौं भन्ने भावना यस समुदायका व्यक्तिहरुको रहेको छ। नेपालमा सदियौं देखि मुस्लिम समुदायको बसोबास रहदै आएको पाईन्छ।

जनसङ्ख्याको हिसाबले मुस्लिम धर्मावलम्वीहरु अल्पसङ्ख्यक रहेता पनि यहाकक आपसी सद्भाव र सहिष्णुता रहदै आएको छ।

नेपालमा मुस्लिम समुदायका व्यक्तिहरुको बसोबास र उपस्थिति पेशा तथा जीबिकोपा कारण ७७ वटै जिल्लामा रहेको छ। राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार नेपालको कूल जनसख्याको ४दशमलव ४ प्रतिशत अर्थात ११,६४,२५५ मुस्लिम जनसख्या रहेको देखिन्छ । तर अन्य समुदाय संग सम्बन्धित धार्मिक, सामाजिक, आर्थिक, शैछ्यिक, राजनीतिक तथा प्रशासनिक छेत्रको विकासमा मुस्लिम समुदाय निकै पछाडि परेको छ।

स्रोत साधनको सन्तोषजनक परिवेशको अनुभूति यस समुदायले गर्न सकिरहेको छैन। अधिकांश नेपाली मुस्लिम समुदाय गरिबीको रेखामुनी रहेको पाईन्छ। तूलनात्मक रुपले नेपाली मुस्लिमहरु अशिक्षित र बेरोजगार छन । सामाजिक समावेशीकरणका लागि सार्वजनिक छेत्रमा छुट्टै आरछ्यण कोटाको निर्धारण भएको छैन।

धार्मिक तथा साककस्कृतिक महत्व राख्ने स्थलहरु

को स्वामित्व स्थापित भएको छैन। मुस्लिम महिला र बालबालिका शिक्षा, स्वास्थ्य र पोषणमा पछाडि परेका छन । मदरसा शिक्षा प्रणालीले समकक्षा ता र औपचारिकता पाएको छैन । यस समुदायका मुख्य चाककडपर्वहरु ईद उल फित्र, ईदुल अज्हा(बक्राईद) र मुहम्मद जयन्तीको दिन सार्वजनिक विदा दिन सरकारलाई ध्यानाकर्षण गराउनु पर्ने स्थिती रहेको छ ।

मुस्लिमहरुको विभिन्न पछ्यहरुको अन्वेषण र अनुसन्धान छैन। यस समुदायको हक, हीत एवं अधिकारको निर्वाध उपभोग गर्न पाउने वातावरणको सीर्जना भएको छैन। प्रगति अर्थतन्त्रका तथ्याङ्कले मात्र नभई यस समुदायको मानिसको जीवनस्तर, सेवा(सुविधा, चेतनाको स्तर र खुशीलाई जाककच्दा पनि वास्तवमा यो समुदायको विकास हुन सकिरहेको छैन। नेपालमा मुस्लिम नागरिकहरु पिछडिएका अवस्थामा छन ।

विदेशी इस्लामिक विश्वविद्यालयबाट उच्च शिक्ष्ँँ हासिल गरेका मुस्लिम नागरिकले शैक्ष्ँिक उपाधीको मान्यता पाईरहेका छैनन। हज हाउस बन्न सकेको छैन।

संविधानमा समान सहभागिता र समानता उल्लेख गरिएता पनि समतामूलक एकताको सूत्रमा मुस्लिम समुदाय बाककधिएको छैन । यस समुदायमा अन्य धेरै कुराहरु गम्भीर चासो र चिन्ताका विषय छन। यस्ता विविध समस्याहरु नीतिगत रुपमा संसोधन गरी कार्यन्वयन गर्न र गराउन आवश्यक छ। विद्दमान कानूनी व्यवस्था र नीति नियमहरुको समीछ्या, अनुगमन, मूल्यांकन गरी समयानुकूल संशोधन, परिमार्जन गर्न नेपाल सरकार समछ्य सिफारिस गर्न जरुरी देखिन्छ।

जाहिदा बानू

समाजको समतामूलक आमूल रुपान्तरणको प्रमुख तत्वका रुपमा सामाजिक अगुवाहरु मौन बस्न हुदैन।
यी सबको पछाडि यस समुदायमा मुस्लिम नेतृत्वको अभाव हो या हामीमा राष्ट्र प्रेम नभएर राज्यबाट नै अपहेलित छा आखिर दोष कसको छ ? मुस्लिम समुदायको मानिसकोसमुदयमा राष्ट्रप्रेम नभएको पनि अवश्य हैन किनकी एक नागरिकको हैसियतले आफ्नो देशको रछ्याका लागि आफूलाई परित्याग गर्नु, वाह्य आक्रमणबाट राष्ट्रलाई बचाउनु र नैतिक सिद्धान्तको रुपमा कानुन र सककस्कृतिको विकास गरेर आफ्नो गौरव बढाउनु नेपाली मुस्लिमहरुको पहिचान रहदै आएको छ।

त्यस्तै करिब २००७ साल देखिकै सेरोफेरोमा राजनीतिक व्यवस्था शुरु भएको बेला देखि नै प्रजातन्त्र, पञ्चायती व्यवस्था, पञ्चायती व्यवस्थाको पुनर्वहाली र पछिल्लो पटक प्राप्त गणतन्त्रमा नेपालका मुस्लिम जनसमुदाय पूर्ण सक्रियता रहेको छ। केही मुस्लिमहरुले आन्दोलनमा ज्यान समेत गुमाए ।

समाज परिवर्तनको लागि भएको क्रान्तिको अभ्यासलाई हेरियो भने मुस्लिम समुदायको अहम र विशिष्ट भूमिका रहेको छ। यस्तो योगदानको बावजुद पनि राज्यबाट किन यस समुदायले बारम्बार उपेछ्याको रुपमा लिनुपर्छ ? सामाजिक सङ्किर्णताको लडाई के अब पनि जातिगत रुपमा लड्नुपर्ने हो त ?

यसो हो भने अवश्य पनि नेपाली राजनीतिले फड्को मार्न सक्ने छैन। राजनीति एक निस्वार्थ समाज सेवा जसलाई माध्यम बनाएर आफ्नो चिन्तनलाई परिस्कृत गर्दै आफ्नो समुदाय र जनताको हीत र समग्र देश विकासमा सामेल हुन सकिने उत्तम स्थान हो तर दछ्यता, विद्दता, इमान्दारीता र शिछ्याको खडेरी भएका व्यक्ति जब नेता बन्न राजनीतिमा प्रवेश गर्छन तब समुदायको कल्याण भन्दा पनि आफू कसरी चर्चित बन्ने भन्ने चिन्तनमा लागेका हुन्छन। आफनो पद तथा शक्तिलाई नीजि शासनको रुपमा लिने मुस्लिम नेताहरुलाई यस समुदायले मुस्लिम नेतृत्व मान्नु भ्रम हो ।

नेतृत्वको अभावमा नेताको मूल्य हुदैन । अर्थात जुन व्यक्तीमा नेतृत्वको छ्यमता हुदैन उ नेता बन्ने या भन्ने लायक हुदैन । नेता त्यो हो जसले नेतृत्व गर्छ,सुझाव दिन्छ, पथप्रदर्शन गर्छ, आदर्शको रुपमा काम गर्छ, सरकार र समुदायबीच सामञ्जस्य प्रदान गर्छ।

नेताको अर्थ राज गर्नु नभएर जनसमुदायको जीवन सहजीकरण गर्नु हो। जब मानिस असभ्य अवस्थामा थियो र जंगलमा बसोबास गर्थ्यो तब पनि नेता हुन्थ्यो र आज जब उ सभ्यताको चरम शीखरमा पुगेको दावा गरिरहेको छ तब पनि नेता विभिन्न रुपमा प्रकट भएको पाईन्छ। युगान्तकारी परिवर्तन गर्न चाहने मुस्लिम राजनीतिक नेतृत्वले सामाजिक परिवर्तनलाई बुझ्न सकेनन।

यस समुदायले नेता त धेरै जन्मायो तर पार्टीगत स्वार्थभन्दा माथि उठेर समुदायको लागि काम गर्ने कालान्तर सम्म टिकाउ नेतृत्वको उत्पत्ति भने कमै गरेको छ। साथै हामी समुदाय पनि केबल राज्य र नेतृत्व माथि आस्रित भयौं। समाजको उत्थानको लागि एकजुट भई आवाज उठाउन र दबाब दिन सकिरहेका छैनौं किनकी हामी कस्ता छौं, हाम्रो समाज कस्तो छ त्यही अनुसारको नेता हामीले पाउने हौं।

वर्तमान नेताहरुमाथी नै विश्वास छैन भने दीर्घकालसम्म स्मरण गर्न लायकका नेता कहिले पाउककछौं? नेतृत्व बलवान, वुद्धीमान, शिक्षित, इमान्दार, जवाफदेही र पारदर्शी हुनुपर्छ तर मुस्लिम समुदायमा हामीले यस्ता नेता पाएका छौं त ? पाएका छैनौं भने किन पाएनौं यो बहसमा हामी कहिल्यै प्रवेश नै गर्न चाहेनौं। अदूरदर्शी नेताले भींडलाई एकठ्ठा गर्न सक्छ जबकी असल नेतृत्वले आन्दोलन चलाउछ। खै त आन्दोलन ? यो समुदायलाई सन्तुष्टी दिने कहिले ??

समुदायको समस्याहरु समाधानका लागि माग र दबाब खै। जुनसुकै पार्टीका मुस्लिम अगुवा किन नहोउस पद र शक्तिको दम्भले आफ्नै समाजको कुरा नसुनेका उदाहरणहरु कयौं छन। आफनै सामाजिक मुद्दाहरु पूरा गर्न सकिरहेका छैनन। जब कुनै समुदाय भित्र नेता छन भने त्यहाकक नेतृत्व हुनु पनि स्वभाविक हो। यो समुदाय पिछडिएको वर्ग उन्मुख कहिले बन्ने।

यस समुदायको उत्थान विकासका लागि गम्भीर चासो र चिन्ता कसले लिने ? कहिले लिने ?

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu