Connect with us
Kapilvast Forest

राष्ट्र बैंक सिद्धार्थनगरले बाँड्यो २ अर्ब बराबरको नयाँ नोट

२०७६, २० आश्विन सोमबारमा प्रकाशित

२० असाज, बुटवल । नेपालीको महान् पर्व दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकको भैरहवा, सिद्धार्थनगरस्थित प्रादेशिक कार्यालयले करिब २ अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गरेकोे छ । सिद्धार्थनगर कार्यालय अन्तर्गत पर्ने ९ जिल्लामध्ये भैरहवामा राष्ट्र बैंक स्वयम्ले र अन्य ८ जिल्लामा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरुका शाखाबाट ती नोट वितरण गरिएका हुन् ।

अर्घाखाँची, पाल्पा, गुल्मी, कपिलबस्तु, नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंकमार्फत र रोल्पा, प्युठान र पूवी रुकुममा नेपाल बैंकमार्फत नयाँ नोट साटिएको प्रादेशिक कार्यालयका निर्देशक राजेन्द्र भट्टराईले बताए । नयाँ नोटलाई कसरी सुरक्षित र केरमेटरहित बनाउने भन्ने बिषयमा पनि सेवाग्राहीलाई जानकारी गराइएको उनले बताए ।

एक सय, पचास, वीस, दश र पाँच दरका एक/एक बण्डल नोट गरी प्रतिव्यक्ति अठार हजार ५ सय रुपैयाँको दरले भैरहवामा पनि करिब ८ हजार ५ सय जनाले नयाँ नोट साटेको राष्ट्र बैकका सहायक निर्देशक रमेश न्यौपानेले बताए । राष्ट्र बैक सिद्धार्थनगरले सर्वसाधाणलाई असोजको १० गतेदेखि १७ गतेसम्म नयाँ नोट वितरणको व्यवस्था गरेको भए पनि बैंक तथा वित्तीय संस्थाहरुलाई भने त्यसअघि नै नोट बाँडिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu