Connect with us
Kapilvast Forest

‘विप्लव’ खोज्दै प्रहरी

२०७६, ५ कार्तिक मंगलवारमा प्रकाशित

biplop

काठमाडौं । राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले मंगलबार बार फरक – फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशित गरेका छन् ।

राजधानी दैनिकमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाप्रति पछिल्लो समय प्रहरीको कारबाही तीब् देखिन थालेको शीर्ष समाचार छ । प्रहरीले देशभर विशेष सूचना संयन्त्रमार्फत विप्लव नेतृत्वकाे नेकपामाथि कडा निगरानी राख्न थालेको हो । गत ३० असोजमा दाङको राजापुर ४ मगराइनबाट २१ जना नेता कार्यकर्ता पक्राउसँगै प्रहरी कारबाही कडा बन्दै गएको छ । समाचारमा उल्लेख भए अनुसार यतिबेला नेपाल प्रहरीकाे ध्यान प्रतिबन्धित नेकपाका महासचिव विप्लवलाई खोज्नतर्फ केन्द्रित रहेको छ ।

कान्तिपुर दैनिकमा मानव अधिकार आयोगले नेत्रविक्रम चन्द विप्लव समूह सर्लाहीका इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको छ निश्कर्ष निकाल्दै संलग्नलाई कारबाही गर्न सिफारिस गरेको शीर्ष समाचार छ । समाचार अनुसार प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि ९ राउण्ड गोली हानेको आयोगले जनाएको छ । आयोगले आदेश दिने उच्च प्रहरी अधिकारी माथि पनि छानबिन गरी कारबाही गर्न सुझाएको छ । प्रहरीको दाबी जस्तो दोहोरो भीडन्त वा आत्मरक्षाको स्थिति पुष्टि नभएको र घटनाको प्रकृति तथा संकलित प्रमाणसमेतबाट नियन्त्रणमा लिएर मारेको देखिएको आयोगले जनाएको छ ।

आयोगको पदाधिकारीको सोमबारको बैठकले आफ्नो छानविन प्रतिवेदन आधारमा प्रच्यक्ष संलग्न तथा कमाण्डर समेत रहेका प्रहरी निरीक्षकद्वय कृष्णप्रसाद साह, प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन कारलाई सिफारिस गरेको छ । प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu