Connect with us
Kapilvast Forest

सरकारको कामः जनताको मूल्यांकन

२०७६, १९ आश्विन आईतवारमा प्रकाशित

नारायण थापा,भक्तपुर । पूर्व प्रधानमन्त्री एवम् नेकपाका नेता माधवकुमार नेपालले दुई तिहाई सरकारको कामको मुल्यांकन नेपाली जनताले गरिराखेकाले सबै नेपालीलाई सुखी बनाउने र सबैको अनुहारमा हाँसो ल्याउने योजनाका साथ काम गर्नुपर्ने चुनौती रहेको बताउनुभएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान भक्तपुरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता नेपालले दुई तिहाईको यो सरकारले गरिरहेको कामको परिणाम आगामी मंसिर १४ गते हुने उपनिर्वाचनले देखाउने बताउनुभयो । उहाँले मंसिर १४ गते अधिकांश नेकपाका नेताहरुले जितेको स्थानमा उपनिर्वाचन हुने भएकाले ती स्थानहरुमा आफ्नो शान जोगाउनुपर्ने चुनौती रहेको भन्दै जनताले दुई तिहाई सरकारको मुल्यांकनको नतिजा दिने समय आएको उल्लेख गर्नुभयो ।

नेता नेपालले हिजो के भएको थियो भन्नु भन्दा पनि अहिले के गर्ने हो त्यसको योजना बनाएर काम गर्नुपर्ने भन्दै काम गर्दा कमीकमजोरी भए स्वीकार गर्ने र सुधार गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले जनतालाई खुशी पार्ने ढंगबाट काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले अहिलेकै पूँजिवादी कार्यशैलीबाट समाजवादतर्फ उन्मुख हुन नसकिने भएकाले पूँजिवादी चरित्र र सामन्तवादको अत्य अपरिहार्य भएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu