Connect with us
Kapilvast Forest

युक्रेनमा विमान दुर्घटना, कम्तीमा पाँचजनाको मृत्यु

२०७६, १७ आश्विन शुक्रबारमा प्रकाशित

किभ, असोज १७ । युक्रेनमा ८ यात्रीसहित उडेको सामान ढुवानीका लागि प्रयोग हुने एक विमान अवतरणकाक्रममा शुक्रबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।

द एन्टोनोभ–१२ एलभिभ विमानस्थलबाट करिब डेढ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो ।

विमान दुर्घटनास्थलबाट तीनजनालई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पतालमा पठाइएको छ ।युक्रेनी आपत्कालीन सेवा सम्बद्ध अधिकारीले चालकदलका सदस्यहरूमध्ये तीनजनाको मृत्यु भएको र दुईको अवस्था अज्ञात रहेको बताएका छन् ।‘घटनामा पाँचजनाको मृत्यु भएको छ भने तीनजनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ’–युक्रेनी पूर्वाधार मन्त्री भ्लादिस्लाभ क्रिक्लीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् ।

उक्त विमान किभस्थित युक्रेनी कम्पनी युक्रेन एअर अलाएन्सद्वारा सन्चालन गरिँदै आएको र स्पेनको भिगो विमानस्थलबाट युक्रेनका लागि उडेको थियो ।

प्रारम्भिक भनाइहरूमा विमान इन्धन खाली भएपछि दुर्घटना भएको उल्लेख छ ।युक्रेनी आपत्कालीन सेवा विभागले विमानको एउटा पखेटा जमिनमा धसिएको फोटो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu