Connect with us
Kapilvast Forest

हङकङमा सरकारविरोधी प्रदर्शन थप हिंसात्मक बन्दै, अन्तर्राष्ट्रिय समुदायको चासो

२०७६, २० आश्विन सोमबारमा प्रकाशित

काठमाडौं, असोज २० । हङकङमा जारी सरकारविरोधी आन्दोलन थप हिंसात्मक बन्दै गएको छ ।

प्रदर्शनकारीले विभिन्न शैलीमा सरकारको विरोधमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् । सुरक्षाकर्मीले उक्त कदम नियन्त्रणका लागि बल प्रयोग गर्दा आन्दोलनले हिंसात्मक रुप लिएको छ ।

हजारौंको संख्यामा सडकमा र्‍यालीमा सहभागी भएकाहरुमाथि सुरक्षाकर्मीले बल प्रयोग गर्दा दोहोरो झडप भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सरकारले केही दिनअघि आन्दोलनकारीलाई मास्क लगाउन प्रतिबन्ध लगाएपनि त्यसको उल्लंघन भएको छ ।प्रदर्शनकाक्रममा आइतबार राति पनि कयौं प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका जनाइएको छ ।प्रदर्शनकारीहरुले विभिन्न व्यापारीक तथा निजी भवनहरुमा तोडफोड र आगजनी गर्न थालेपछि प्रदर्शन हिंसात्मक भएको हो । उनीहरुले सुरक्षार्कीलाईसमेत इँटा प्रहार गरेको बताइएको छ ।

लामो समयदेखि सरकारको विरोधमा हङकङमा आन्दोलन भइरहे पनि समस्या समाधानका लागि प्रशासनले चासो देखाएको छैन ।

हङकङमा चार महिनादेखि आन्दोलन भइरहँदा अन्तर्राष्ट्रिय समुदायलेसमेत चासो देखाएका छन् ।

चीन सरकारले पनि उक्त आन्दोलनलाई मथ्थर पार्न कुनै कदम नचालेको आरोप लाग्दै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu