Connect with us
Kapilvast Forest

मेयरलाई सडकमा घिसारियाे

२०७६, २३ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं । मेक्सिकाेमा एक मेयरलाई नगरबासीले ट्रकमा बाँधेर सडकमा घिसारेका छन् । सडक मर्मत नगरेको आरोप लगाएर चिमासका एक मेयरलाई सजायँ स्वरुप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन् ।

मेयरको निर्वाचन हुनुभन्दा अघि नगरमा सडक मर्मत गर्ने बाचा गरेको तर जितेपछि त्यसप्रति कुनै वास्ता नगरेकाले स्थानीयले मेयरलाई त्यस्तो सजायँ दिएको समाचारमा जनाइएको छ ।

नाजुक अवस्थामा रहेको सडकमा घिसार्दा उनको शरीरमा गम्भीर चोटपटक लागेको जनाइएको छ । प्रहरीले केही स्थानीयलाई नियन्त्रणमा लिएपछि मेयरको ज्यान बचेको थियो । राजनीतिक पदमा बसेकाहरुले विकास निर्माणमा विषेश ध्यान नदिँदा यस्तो घटना हुन पुगेको त्यहाँका राजनीतिक विश्लेषकले बताएका छन् ।

मेक्सिकोमा लागुऔषध दुर्व्यसनमा लागेका व्यक्तिहरुले राजनीतिक नेतामाथि आक्रमण गर्ने गरेको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu