Connect with us
Kapilvast Forest

ट्रम्पका दुईजना सहयोगी पक्राउ

२०७६, २४ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं, असोज २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुईजना सहयोगीलाई पक्राउ गरिएको छ ।

निर्वाचन अभियान र चन्दा संकलनसम्बन्धी प्रचलित कानुन उल्लंघन गरेको आरोपमा व्यापारीहरु लेभ पर्नास र इगोर फ्रुमनलाई पक्राउ गरिएको हो ।

दुवैजना राष्ट्रपति ट्रम्पका आर्थिक सहयोगी रहेका बताइएको छ ।

अष्ट्रियाको राजधानी भियना उड्नै लाग्दा उनीहरुलाई भर्जिनियाको डुलेस अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको न्यूयोर्कका सरकारी अभियोजनकर्ताले जनाएका छन् ।

पर्नास युक्रेनमा जन्मिएका हुन् भने फ्रुमन बेलारुसमा जन्मिएका हुन् ।

उनीहरुले आसन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पका लागि गैरकानुनीरुपमा विदेशी पैसा भित्र्याएको आरोप लगाइएको छ । दुवै व्यापारी ट्रम्पका वकिल रुडी गिलियानीको नियमित सम्पर्कमा थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu