Connect with us
Kapilvast Forest

म्याराथनमा एलिउडले रचे विश्व किर्तिमान

२०७६, २६ आश्विन आईतवारमा प्रकाशित

केन्याका धावक एलिउड किप्चोगेले म्याराथनमा विश्व किर्तिमान रचेका छन् । भिएनामा शनिबार आयोजित विशेष म्याराथनमा निर्धारित ४२.१९५ किलोमिटर दुरी एक घन्टा ५९ मिनेट ४०.२ सेकेन्डमा पूरा गर्दै एलिउडले नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।

उनी दुई घन्टा भन्दा कम समयमा म्याराथन पूरा गर्ने पहिलो धावक बनेका छन् । उनी रियो ओलम्पिक २०१६ को स्वर्ण पदक विजेता हुन् । एलिउडले यसअघि पनि विश्व किर्तिमान रचेका थिए ।सन् २०१८ को बर्लिन म्याराथनमा उनले दुई घन्टा एक मिनेट ३९ सेकेन्डमा पूरा गर्दै कीर्तिमान कायम गरेका थिए । शनिबारको यस विशेष दौडमा उनलाई ४१ जना धावकले साथ दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu