Connect with us
Kapilvast Forest

राजनीति यस्तै हो, कांग्रेससँग फेरि सहकार्य हुन सक्छ’

२०७६, २७ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग फेरि सहकार्य हुन सक्ने बताउनु भएको छ ।

अध्यक्ष दाहालले नेपाली कांग्रेसद्वारा आइतबार आयोजित चियापान कार्यक्रममा त्यस्तो अभिव्यक्ति दिनुभएको हो । ‘मैले कांग्रेसको मनोबल विगतमा भन्दा बढ्दै गएको देखेको छु’ चियापानमा उहाँले भन्नुभयो, ‘राजनीति यस्तै हो, असम्भव भन्ने केही छैन । हेर्दै जाउँ, अब राजनीतिले कस्तो कोल्टे फेर्छ ? कांग्रेससँग परि सहयात्रा र सहकार्य हुन सक्छ ।’

अध्यक्ष दाहालले माओवादी शान्ति प्रकृयामा ल्याउन र मुलुकमा संविधानसभाको घोषणा हुनुमा आफ्नो र स्वर्गीय गिरिजा प्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको उल्लेख भयो ।

‘मुलुकमा ठूलो राजनीतिक परिवर्तन भयो, संविधानसभाबाट बनेको संविधानले जनतालाई सार्वभौम बनाएको छ’ उहाँले भन्नुभयो, ‘स्वर्गीय गिरिजाप्रसाद कोइरालाजी र मबीचको सहकार्यले नै यो सम्भव भएको हो । यसको प्रमाणित भइसकेको छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu