Connect with us
Kapilvast Forest

यसरी भाइरल भइन् कमला

२०७६, २७ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं । नेपाली दोहोरी गीत संगीतको क्षेत्रमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन् । सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै देश तथा विदेशमा बढेर गएको छ । छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन् । सानै उमेर भएपनि देश तथा विदेशमा नाम चलेका ख्याति प्राप्त गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता देखेर सबै लोकपारखी दर्शक तथा स्रोता अचम्ममा परेका छन् । सुमधुर स्वर र नम्र स्वभावकी बाल गायिका कमला घिमिरेको स्वरको देश विदेशका कार्यक्रममा पनि पस्कनका लागि आयोजकलाई भ्याई नभ्याई भएको छ ।

बुबा कल्याण घिमिरे र आमा देवकी घिमिरेको कोखबाट नीलकण्ठ नगरपालिका–१२ सांकोषमा करिव ११ वर्ष पहिले विपन्न परिवारमा भएको थियो । ९ वर्षको उमेरमै स्कुलका साथीभाइ, घरछिमेकमा दोहोरी गाएर चकित पार्ने गर्थिन् उनी । सानै उमेर भएपनि गहन शब्दलाई सरल भाषामा टुक्का जोडेर गाउन सक्ने क्षमताबाट त्यो बेला पनि गाउँमा सनसनी नै फैलिएको थियो ।

विद्यालयमा आयोजना गरिने अतिरिक्त प्रतियोगितामा भाग लिई सबैको प्रशंसा हौसला र पोजिसन जित्ने उनको कला नै थियो । गाउँमा हुने चाडपर्व, विवाह लगायतको उत्सवमा उनको गीतमा रमाउनेहरुको ताती लाग्छन्।

परिवारका कुनै सदस्य गीत संगीतमा लागेका छैनन् तर पनि कमला नेपाली गीत संगीत त्यसमा पनि लोक गीतमा दोहोरी गाउन आफना अग्रजका अगाडि तम्तयार भइहाल्छिन् ।

सामान्य ज्याला मजदुरी र घरायसी काम गरेरै बिहान बेलुकाको छाक टार्दै आइरहेको कमलाका आमा देवकी घिमिरेले छोरीले दुःख र संघर्षको गीत गुन्गुनाइ रहने बताइन् । ‘छोरीको प्रगति देखेर खुशी लागेको छ’, खुशीको आँसु निकाल्दै उनले भने, ‘भगवानले छोरीको प्रतिभालाई चिन्यो।’ अबको दिनमा सहयोगीहरुको साथ पाउनेमा आपूm आशावादी रहेको उनले बताईन् ।

कमला गीत संगीत भनेपछि सानैदेखि हुरुक्कै हुन्थिन् ।मध्यमस्तरको परिवारमा जन्मिएकी कमला दुखैले हुर्किइन्। विहे गरेको तीन वर्षमा श्रीमान सम्पर्कबिहीन हुनु र परिवारको आर्थिक भार आफ्नो काँधमा आउनुको पीडा कमलाकी आमा देवकी जिन्दगीभर भुल्न चाहदिनन् ।गरिबीको चपेटा त परिवारमा थियो नै आपूmलाई जीवनभर साहरा दिने श्रीमानले पनि छोडेर गएपछि जीवनदेखि हरेश नखार्इ आफ्नी छोरीको मुख हेरेर सुन्दर सपना सजाउने दृड संकल्पका साथ अगाडि बढेको उनकी आमा बताउछिन् ।

आर्थिक अवस्था धान्न धौँधौँ परिरहेको बेला श्रीमानको अत्तोपत्तो नहुँदाका दिनहरु आँसुको सहारामा गुजारिन् । सासुससुरा, नन्दआमाजु छरछिमेकीको हेला, छिमेकीको तिखो बाण सहँदै पाँच वर्ष गुजारिन् । एक वर्षको काखे छोरीलाई जेनतेन दुःख गरेर हुकाईन् । घरको पाँचवर्षपछि सम्पर्कमा आएका श्रीमानले अर्को श्रीमती ल्याए ।

सासुससुरासँग छुट्टै बस्दै आइरहेका देवकीले उनकी आमाले २०७२ वैशाखमा गएको भूकम्पपछि अनुदानको रकमले घर बनाइन्। अहिले छोरा र छोरीसँगै बस्दै आइरहेकी छन्। आमाको माया र साथले उनलाई निरन्तर प्रगति पथमा लम्काइरहेको छ ।
नीलकण्ठ नगरपालिकाको–१२ स्थित पशुपति माद्ययमिक विद्यालयमा अध्ययनरत छिन्। भविष्यमा के बन्ने भने खास लक्ष्य छैन। उनले अहिलेका चर्चित कलाकार प्रकाश सपुत, अञ्जु पन्तको नाम सुनेको बताइन् । सानैदेखि आमाको संघर्ष नियालिरहेकी उनले गीतका टुक्काहरु पनि त्यस्तै खाले बनाउने गर्छिन् ।

यसरी बनिन् भाइरल कमला
भदौ ७ गतेको दिन, नीलकण्ठ नगरपालिका–१२ रिजालडाँडामा तीज विशेष कार्यक्रम तथा प्रतियोगीताको रौनक थियो । गाउँ आसपासबाट तीज मनाउनका लागि नारीहरुको ठुलो जमघट रहेको थियो । प्रगतिशील महिला समूहले आयोजना गरेको तीज गीत प्रतियोगीता हेर्न गाउँभरिका मानिसहरु भेला भएका थिए । प्रतियोगीता शुरु भयो, कार्यक्रममा दोहोरीका भाकाहरु गुञ्जन थाल्यो । केही बेरमा प्रतियोगिता सकियो र निर्णय पनि सुनाइयो। कार्यक्रमको अन्तिम भइसकेको थियो।

कार्यक्रममा निर्णायकको भूमिका निर्वाह गरिरहेका रेडियो धादिङ १०६ मेगाहर्जमा कार्यरत संचारकर्मी तथा गायक अमृत सापकोटा समक्ष कसैले दोहोरी गीत गाउने प्रस्ताव राखे। सापकोटाले सहजै स्वीकार गरे । एकैछिनमा रातो र गुलाबी रंग मिसिएको लेहेङ्गा लगाएकी सानी बहिनी स्टेजमा पुगिन्। माइक समातिन् र दोहोरी गीत गाउन थालिन् ।

‘आकाशमा चील घुम्यो फनन, कान्छा तिम्रो नाम के हो भनन, गलबन्दी च्यातियो तिम्ले तानेर‘’ ११ वर्षीय कमला घिमिरेको यो प्रस्तुतिले कार्यक्रममा सहभागी सबैको ध्यान तान्यो । सहभागीले आफूसँग भएको मोबाइल निकालेर फोटो, भिडियो खिच्दै गीतमा रम्न थाले। करिब १६ मिनेट जति कमला र अमृतको दोहोरी चल्यो । गीतमा माया प्रिती, दुःखसुख तथा सामाजिक परिवेश झल्केको थियो। बालिकासँग दोहोरी खेलेका सापकोटालाई गीतमा उत्तर दिन हम्मेहम्मे परेको थियो।

कार्यक्रम सकियो, सबै आ–आफ्नो घर लागे। सानी बहिनीले दमदार प्रस्तुति दिएपछि संचारकर्मी सापकोटाले आफ्नो मोबाइल खिचेको भिडियो, फोटो हेरे। भोलिपल्ट आफ्नै युटुब च्यानलमा अपलोड गरिदिए र सामाजिक संजालमा शेयर गरे । अतः सानै उमेरमा दमदार र मार्मिक शब्दहरुले सबैको मन जित्यो। केही दिनमै उनले गायकको गीत युटुबको टेन्डिङमा पर्यो, चारैतिर कमलाको खोजी हुन पुगेको सापकोटाले बताए।

सामाजिक संजाल फेसबुक, युटुबमा कमला भाइरल भएकी छन्। उनको गीतको प्रशंसा गर्नेहरु धेरै भेटिएको संचारकर्मी सापकोटाले बताए। ‘सानै उमेरमा दोहोरी खेलेर सबैलाई टक्कर दिने क्षमता बहिनीमा छ’, उनले भने, ‘अवसर पाए उनको भविष्य सुन्दर छ।’ आफूले राखेको भिडियोले कमला बहिनीको प्रतिभालाई चिनाउन पाउँदा खुशी र हर्षित भएको उनले सुनाए। अहिले कमलाको लाइभ दोहोरी भिडियो हेर्ने लाखौं दर्शक छन्। उनको कला हेर्न काठमाडौंदेखि नै कलाकारहरु धादिङ आउने गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu