Connect with us
Kapilvast Forest

टर्कीको आक्रमण रोक्न उत्तरी सिमानामा सेना पठाउने सिरियाको तयारी

२०७६, २७ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं । सिरियाले टर्किश सेनाले आक्रमण गरिरहेको उत्तरी सिरियामा सेना तैनाथ गरेको छ ।सिरियाली सेनाले कुर्द लडाकुहरुको समर्थनमा टर्कीसँग लड्नका लागि सो क्षेत्रमा सेना तैनाथ गरेको बताइएको छ ।

गत साता टर्कीश सेनाले कुर्द लडाकूविरुद्ध गरेको आक्रमणपछि सिरियाले सेना तैनाथ गर्ने निर्णय गरेको हो ।

कुर्द लडाकूहरुको पकड रहेको सो क्षेत्रमा पछिल्लो समय टर्किश सेनाले धावा बोल्दै आएको हो । सोही क्रममा दुवै पक्षका थुप्रैको ज्यान गएको थियो ।

अमेरिकी सेना फिर्ता र टर्कीको आक्रमणको चपेटामा परेको सो क्षेत्रका सर्वसाधारण थप मारमा परेका छन् ।कुर्द लडाकुहरुलाई आतंकबादीको संज्ञा दिएको टर्कीले उत्तरी सिरियाबाट उनीहरुलाई निमिट्यान्न गर्न वषौंदेखि टर्कीश सेनाले प्रयास जारी राखेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu