Connect with us
Kapilvast Forest

टर्कीसँगको अर्बौको व्यापार वार्ता रोक्ने ट्रम्पको चेतावनी

२०७६, २८ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीसँगको अर्बौको व्यापार वार्ता रोक्ने चेतावनी दिएका छन् ।टर्कीले उत्तरी सिरियामा सैन्य कारवाही जारी राखेको भन्दै राष्ट्रपति ट्रम्पले उसका अधिकारीहरुविरुद्ध प्रतिवन्ध लगाउनेसमेत बताएका छन् ।राष्ट्रपति ट्रम्पले टर्कीका सरकारी अधिकारी, निकावय वा सहयोगीमाथि प्रतिवन्ध लगाउन आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेइले जारी गरेको विज्ञप्ती अनुसार टर्कीका रक्षामन्त्री हुलुसी आकर, गृहमन्त्री सुलेमान सोयलु र उर्जा मन्त्री फाती डोन्मेजलाई अमेरिकी विभागको निषेधाधिकार ब्ल्याकलिष्टमा राखिएको छ ।अमेरिकामा रहेको उनीहरुको सम्पति जफत गरिएको छ भने अमेरिकी नागरिक वा संस्थासँग भएको लेनदेनमाथि पनि प्रतिवन्ध लगाइएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले जारी गरेको आदेशमा टर्कीले कुर्दविरुद्ध फौजी कारवाही सुरु गरेर आफ्नै मुलुकको अर्थतन्त्र तहसनहस पार्न लागिपरेको टिप्पणीसमेत गरेका छन् ।अमेरिकाले उक्त क्षत्रेबाट सेना फिर्ता बोलाएपछि बुधबार टर्कीले कुर्द लडाकूमाथि उत्तरी सिरियामा आक्रमण सुरु गरेको हो । टर्कीको उक्त कदमको अमेरिकालगायत विभिन्न देशहरुले विरोध गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu