Connect with us
Kapilvast Forest

सिरियामाथि टर्कीले जारी राखेको हवाइ हमलाको सर्वत्र विरोध

२०७६, २९ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं । अन्तर्राष्ट्रिय दवाव र अमेरिकी प्रतिवन्ध जारी रहेपनि टर्कीले सैन्य कारवाहीलाई एक सातादेखि जारी राखेको छ ।तर, रसियाले टर्की र सिरियाबीच जारी सैन्य कारवाही तत्काल अन्त्य हुनुपर्ने बताएको छ ।

उत्तरी सिरियामा टर्कीको सैन्य कारवाही जारी रहेका बेला रसियाले टर्कीको उक्त कदम तत्काल बन्द हुनपर्ने धारणा राखेको हो ।

सिरियाका लागि मस्कोका विशेष दुत लभरेन्टिएभले दुवै देशबीच चलिरहेको सैन्य कारवाही मान्य नहुने बताउनुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।तर कुर्द लडाकूहरु रहेका गाउँ र शहर कब्जा गरेपछि टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगनले सिरियन प्रजातान्त्रि सेना (एसडीएफ) लाई अगाडि बढाउने योजनामा जोड दिने बताउनुभएको छ ।

गत हप्ता अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलाउने निर्णय गरेसँगै टर्कीले कुर्द लडाकूहरुको पकड क्षेत्रमा आक्रमण थालेको हो ।

आक्रमणका कारण हजारौं सर्वसाधारण बिस्थापित भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu