Connect with us
Kapilvast Forest

अमेरिकी राष्ट्रपतिले बोली फेरे, निर्णयको बचाउ

२०७६, ३० आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर पूर्वी सिरियाबाट अमेरिकी सुरक्षाबललाई फिर्ता बोलाउने आफ्नो निर्णयको बचाउ गरेका छन् ।

ह्वाइट हाउसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले टर्कीले आक्रमण गरेको सिरियाको भूमी आफुहरुको सीमा क्षेत्र नभएको र विद्रोही कुर्द लडाकु देवदुत पनि नभएको टिप्पणी गरे ।

अमेरिकी सेना फिर्ता बोलाएर आफ्नै समर्थक रहेका कुर्द लडाकुविरुद्ध टर्कीलाई आक्रमणका लागि हरियो झण्डा देखाएको भन्दै आलोचना भइरहेको बेला राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।सेना फिर्ता बोलाएको भन्दै राष्ट्रपति ट्रम्पकै दल रिपब्लिकन सांसद र विपक्षी डेमोक्रेटिक सांसदले तल्लो सदनमा खेद प्रस्तावमा मतदान गरेका छन् ।

यता राष्ट्रपति ट्रम्पले भने कुर्द लडाकुविरुद्ध टर्कीको हमला अमेरिकाको समस्या नभएको बताएका छन् ।चरमपन्थी संगठन इस्लामिक स्टेटको कारबाहीमा कुर्द सेनाले गरेको समर्थनको बदलामा अमेरिककाले थुप्रै रकम दिएको उनको भनाइ छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी सेना सुरक्षित रहेको भन्दै लडाइ नलडिकन पनि लक्ष्य हासिल गर्न सकिने बताए ।

पछिल्लो घटनालाई आफुले नजिकबाट नियालीरहेको भन्दै टर्कीलाई राम्रो गर्नका लागि प्रोत्साहन गरिरहेको उनको भनाइ थियो ।यसअघि टर्कीले सिरियाको उत्तरी क्षेत्रमा जारी राखेको सैन्य कारवाही अन्त्य गर्न अस्विकार गरेको थियो ।

कुर्दिस समुदायलाई लक्षित गरी अघिल्लो हप्तादेखि जारी सैन्य कारवाही रोक्न अमेरिका लगायत विभिन्न राष्ट्रले गरेको आग्रहलाई टर्कीले अस्विकार गरेको हो ।

टर्कीले आफुसँग जोडिएको सिरियाको सीमा क्षेत्रबाट कुर्द लडाकुलाई हटाएर त्यहाँ ३२ किलोमिटरको एक सुरक्षित स्थल बनाउन चाहेको छ ।जहाँ बीस लाख सिरियाई शरणार्थीलाई फेरि बसाउन सकियोस ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu