Connect with us
Kapilvast Forest

अभूतपूर्व घटनाः अष्ट्रेलियाका सबै पत्रिकाको पहिलो पाना किन कालो ?

२०७६, ४ कार्तिक सोमबारमा प्रकाशित

अष्ट्रेलियामा एक अभूतपूर्व घटना स्वरुप सोमबार बिहान देशका सबै पत्रिकाको पहिलो पाना कालो छापिएका छन् ।

पत्रिकाले देशमा मिडियामाथि लगाम लगाउने कोसिसको विरोधमा यस्तो कदम उठाएको छ ।पत्रिकाका अनुसार अष्ट्रेलियाली सरकारको कडा कानूनले उनीहरुलाई मानिसमाझ जानकारी पुर्‍याउन रोकिरहेको छ ।

यस वर्ष जूनमा अष्ट्रेलियाको एउटा ठूलो मिडिया समूह अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) को मुख्य कार्यालय र एकजना पत्रकारको घरमा छापा मारेको घटनाको विरोध गर्दै पत्रिकाहरुले पाना कालो राख्ने तरिका अपनाएका हुन् ।

यी छापा ह्विसलब्लोअर्सबाट चुहिएको जानकारीको आधारमा प्रकाशित भएका केही लेखपछि मारिएको थियो ।

पत्रिकाहरुको यो अभियान – राइट टु नो कोएलिशन – लाई थुप्रै टिभी, रेडियो र अनलाइन समूहले पनि समर्थन गरिरहेका छन् ।यो अभियान चलाउनेहरुका अनुसार पछिल्लो दुई दशकमा अष्ट्रेलियामा यस्ता कडा सुरक्षा कानून लगाइएको छ जसले खोजी पत्रकारितालाई खतरा पुर्याइरहेको छ ।

गत वर्ष उक्त नयाँ कानून ल्याइएपछि मिडिया संगठनले पत्रकार र ह्विसलब्लोअर्सलाई संवेदनशील मामलाको रिपोर्टिङमा छुट दिनका लागि अभियान चलाइरहेका छन् ।

 

सोमबार देशकै सबैभन्दा चर्चित पत्रिका र त्यसका प्रतिस्पर्धीले एकजुटता देखाउँदै आफ्नो मुख्य पृष्ठमा लेखिएका सबै शब्दलाई कालो मसीले पोतेका छन् र त्यसमा एउटा लाल मोहर लगाइएको छ जसमा लेखिएको थियो – ‘सिक्रेट’ ।

यी पत्रिकाका अनुसार राष्ट्रिय सुरक्षा कानूनका कारण रिपोर्टिङमाथि अंकुश लगाइँदै छ र देशमा एउटा ‘गोपनियताको संस्कृति’ बनेको छ ।सरकारले आफूले प्रेस स्वतन्त्रताको समर्थन गर्ने तर कानूनभन्दा माथि कोही पनि नहुने पनि बताएको छ ।

जूनमा एबीसीका मुख्यालय र न्यूज कर्प अष्ट्रेलियाको एकजना पत्रकारको घरमा छापा मारेपछि निकै विरोध भएको थियो ।मिडिया संगठनका अनुसार चुहिएका जानकारीको आधारमा केही रिपोर्ट प्रकाशित भएपछि छापा मारिएको हो ।

यीमध्ये एक रिपोर्टमा युद्ध अपराधको आरोप लगाइएको थियो जबकी अन्य रिपोर्टमा एक सरकारी एजेन्सीमाथि अष्ट्रेलियाली नागरिकको जासुसीको आरोप लगाइएको थियो ।

 

न्यूज कर्प अष्ट्रेलियाका एग्जेक्युटिभ चेयरम्यानले आफ्नो पत्रिकाको मुख्य पृष्ठको तस्बिर ट्वीट गर्‍यो र मानिसहरुसमक्ष सरकारलाई यो प्रश्न सोध्न आग्रह गरेको छ, ‘उनीहरुले हामीसँग के लुकाउन खोजिरहेका छन् ?’

यस्तै न्यूज कर्पको मुख्य प्रतिद्वन्द्वी– नाइन– ले पनि आफ्नो पत्रिका ‘सिड्नी मर्निङ्ग हेराल्ड’ र ‘द एज’ को मुख्य पृष्ठ कालो छापेको छ ।

एबीसीका एमडी डेभिड एन्डरसनले भने, ‘अष्ट्रेलियामा संसारको सबैभन्दा गोप्य लोकतन्त्र बन्ने खतरा छ ।’तर अष्ट्रेलिया सरकारले यी पत्रिकाका तीन पत्रकारविरुद्ध अभियोग चलाइन सकिने कुरा आइतबार पुनः दोहोराएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले प्रेसको स्वतन्त्रता महत्वपूर्ण छ तर कानूनको राज कायम रहनुपर्ने बताएका छन् ।उनले भने, ‘त्यो ममाथि पनि लागु हुनसक्छ, वा कुनै पत्रकारमाथि पनि, वा जो सुकैमाथि पनि ।’अष्ट्रेलियामा प्रेस स्वतन्त्रतामाथि एक अनुसन्धानको रिपोर्ट अर्को वर्ष संसदमा पनि पेश हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu