Connect with us
Kapilvast Forest

राष्ट्रपति फर्केको २४ घण्टा नपुग्दै प्रधानमन्त्री जाँदै

२०७६, ७ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार र जापानको भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएको छ । एक साताअघि म्यान्मार प्रस्थान गर्नुभएकी राष्ट्रपति भण्डारी जापानबाट बुधबार राति स्वदेश फर्कनुभएको हो ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतले स्वागत गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले म्यान्मार गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्नुभएको थियो । म्यान्मारको राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति भण्डारी कात्तिक ३ गते जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेक समारोहमा सहभागी हुन जापान प्रस्थान गर्नु्भएको थियो । जापानमा रहँदा राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच टोकियोमा शिष्टाचार भेटवार्तासमेत भएको थियो ।

राष्ट्रपति स्वदेश फर्केको २४ घण्टा नबित्दै प्रधानमन्त्री केपी ओलीले विदेश जाने तयारी गर्नुभएको छ । प्रधानमन्त्री आज अजरबैजान जाँदै हुनुहुन्छ । अजरबैजानको बाकुमा असंलग्न राष्ट्रको १८ औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जान लाग्नुभएको हो । प्रधानमन्त्रीले कात्तिक ८ र ९ मा हुने राष्ट्रप्रमुखको बैठकमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले कात्तिक ८ गते आयोजना गर्नुहुने स्वागत तथा रात्रिभोजमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्रीले कात्तिक ९ गते सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिमण्डलका प्रमुखसँग दुइपक्षीय हितका विषयमा छलफल समेत गर्नुहुनेछ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली अन्तराष्ट्रिय परराष्ट्रमन्त्री स्तरीय बैठकमा सहभागी हुन मंगलबार नै त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ । प्रधानमन्त्री ओली कात्तिक १० गते स्वदेश फर्कने कार्यक्रम छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu