Connect with us
Kapilvast Forest

भारत सरकारविरुद्ध अनेरास्ववियूको चर्काे नाराबाजी

२०७६, २२ कार्तिक शुक्रबारमा प्रकाशित

 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारत सरकारविरुद्ध चर्को नाराबाजी गरेको छ ।

नेपाली भूमि भारतीय नक्सामा समावेश गरेपछि आक्रोशित अनेरास्ववियूले शुक्रबार लैनचौरस्थित भारतीय दुतावास अगाडि पुगेर भारत सरकारविरुद्ध चर्का नाराबाजी गरेको हो । अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको नेपाली भूमि तत्काल फिर्ता नलिए भारतविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

अनेरास्ववियूले भारतको हेपाहा प्रवृत्तिको डटेर मुकाविला गर्ने चेतावनी दिएको छ । विरोध प्रर्दशनपछि आयोजित कोणमा सभामा बोल्दै अनेरास्ववियूका संयोजक ऐन महरले भारतीय थिचोमिचोको विरोधमा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभएको हो । इतिहासमा कहिल्यै कसैको अतिक्रमण नसहेको नेपाल राष्ट्र, नेपाली जनता र युवा विद्यार्थीहरुले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने संयोजक महरको भनाइ छ ।

भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएको नक्सा सार्वजनिक भएपछि नेपालमा त्यसको चौतर्फी विरोध हुँदै आएको छ । यसैबीच, नेपालको सीमा रक्षाको वकालत गर्दै आएको ग्रेटर नेपालले पनि भारतीय नक्सामा समावेश गरिएको नेपाली भूमि तत्काल हटाउन भारतसँग माग गर्दै लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu