Connect with us
Kapilvast Forest

अयोध्या विवाद: कपिलवस्तुको सीमा नाका बन्द

२०७६, २३ कार्तिक शनिबारमा प्रकाशित

कपिलवस्तु, २३ कार्तिक । राम जन्मभूमि–बाबरी मस्जिद भूमि विवाद मुद्दामा सर्वोच्च अदालतको फैसला आउनुपूर्व भारतीय केन्द्र सरकारले सबै राज्यसँग अलर्ट रहन र संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरेको छ । भारतको सबैभन्दा संवेदनशील, धार्मिक र राजनीतिक मुद्दामध्ये एक मानिएको राम जन्मभूमि–बाबरी मस्जिद विवादमाथि भारतका मुख्य न्यायाधीश रंजन गोगोईको नेतृत्वमा सर्वोच्च अदालतले आज फैसला सुनाउने छ । अयोध्यामा मन्दिर–मस्जिद विवादलाई लिएर भारतीय सर्वोच्च अदालतले गर्ने फैसलालाई लिएर अयोध्या लगायत उत्तर प्रदेशमा कडा सुरक्षा व्यवस्था लागू गरिएको छ । आज बिहान  साढे १०ः०० बजे अयोध्या विवादको फैसला आई सक्ने बताइएको छ ।  

भारतीय सरकारले अर्दसैनिक बलका करिब ४० हजार सुरक्षाकर्मीले भारतमा गस्ती गरिरहेका छन् । स्कुल, कलेज बन्द छन् भारतका विभिन्न ठाउँहरुमा उच्च सुरक्षा व्यवस्था गरिएको छ ।  अयोध्यामा धारा १४४ लागू गर्दै उच्च सुरक्षा व्यवस्था लागू गरिएको छ । फैसलाको सूचनासँगै भारत सरकारले २५ गतेसम्म सम्पूर्ण स्कुल, कलेज बन्द गर्ने निर्देशन दिएको बि.वि.सी.ले जनाएको छ ।

भारतले यसै विषयलाई लिएर नेपाल सरकारसँग सुरक्षा व्यवस्था गर्न र नाकामा हुनसक्ने सुरक्षा संवेदनशीलताप्रति सजग गराएको छ । नेपालसँग सीमाना जोडिएका भारतका विभिन्न जिल्लाहरूमा सीमा नाकाहरू बन्द गरिने भएको छ ।  भारतको सर्वोच्च अदालतले गर्ने फैसालका कारण भारतीय सीमा नाका बन्द गरिएको र भारत सरकारको अनुरोधमा  कपिलवस्तुका सीमा नाका बन्द गर्ने निर्णय गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताउनुभयो । सोही अनुरूप भारतकोे सीमाना जोडिएको कपिलवस्तुमा शनिबार बिहानदेखि बन्द भएको छ । अवस्था हेरिकन सीमा नाका खोलिने जिल्ला प्रशासन कपिलवस्तुले जनाएको छ । एक्कासी भारतको सर्वोच्च अदालतले आज फैसला गर्ने बताएपछि सर्वसाधारणले यसलाई महत्वका साथ लिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu