Connect with us
Kapilvast Forest

सीमा सुरक्षाको बैठक सकियो

२०७६, ६ मंसिर शुक्रबारमा प्रकाशित

 काठमाडौं ।  बुधबारबाट पोखरामा शुरु भएको नेपाल भारत सीमासुरक्षा बैठक शुक्रबार सकिएको छ । नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक सम्पन्न भएको हो ।

बैठकमा सीमा अपराध, सीमामा संयुक्त गस्ती र दुई देशका सुरक्षा निकायबीचको संयुक्त अभ्यासका विषयमा छलफल भएको सशस्त्र प्रहरी बलका प्रवक्ता सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

हरेक वर्ष हुने बैठकको एजेण्डा पहिल्यै तय हुन्छ । विवादित कालापानी, लिपुलेकको विषयले भने यो बैठकमा प्रवेश पाएन । त्यो विषय एजेण्डामै थिएन त्यसैले उक्त विषयमा छलफल नै नभएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu