Connect with us
Kapilvast Forest

युवा पुस्तालाई यौन शिक्षाको खाँचो

२०७६, १३ पुष आईतवारमा प्रकाशित

किशोर/किशोरीहरूले कस्तो चित्र हेर्छन ? टिभीमा कस्तो कार्यक्रम हेर्न रुचाउँछन् ? कस्तो चलचित्र मन पराउँछन् । इन्टरनेटको के-कस्तो साइट सर्च गर्छन ? फोनमा कोसँग कस्तो कुरा गर्छन् ? कोठामा बस्दा एक्लै के गर्छन् ? राती किन अबेरसम्म बस्छन् ? आदि कुरा राम्राेसँग बुझी एक्लै भएको अवस्थामा सम्झाउनुपर्छ ।पहिले/पहिले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी जिल्लामा महिनावारीको अवधिभर किशोरीहरु विद्यालय जाँदैनथे । महिनामा चार/पाँच दिन पढाइ छुट्नु भनेको सानो समस्या होइन् । लामो प्रयासपछि यो समस्या लगभग समाप्त त भयो, तर यसका अवशेष अझै बाँकी नै छ न्। कक्षामा कुनै किशोरी महिनावारी भएकी छन् भने सबै विद्यार्थीलाई बाहिर चउरमा जम्मा गरेर पढाउँदै गरिएकाे समाचार केही दिन अघि फोटोसहित एक दैनिक पत्रिकामा छापियो । महिनावारी भएकी किशोरी कक्षा कोठाभित्र छिर्दा अरुलाई छोइने र स्कुल अपवित्र हुने भएकोले यस्तो बेला चउरमै पढाइएको शिक्षकले बताएको त्यसमा उल्लेख थियो ।

छोरीको विवाहको उमेर १६ वर्ष कायम गराइ पाउँ भन्दै एक वर्ष अघि बाँके जिल्लाका महिलाले आन्दोलन गरे । तर मुलुकको कानूनमा भने २० वर्ष उमेर नपुगी विवाह गर्न नपाउने र यदी भइहाल्यो भने बदर हुने व्यवस्था छ । २० वर्ष उमेर मुनिको विवाह प्रोत्साहन गर्नेलाई दण्डको व्यवस्थासमेत कानुनमा छ । तर यो कानून व्यवहारमा लागु हुन सकेको छैन । एक तथ्यांकअनुसार अहिले पनि मुलुकमा ३२ प्रतिशत विवाह २० वर्ष उमेर नपुगेरै हुने गरेका छन् ।

हामी कहाँ छौं ? हाम्रो मुलुकका कतिपय समाजहरूको चेतनास्तर कहाँ छ ? भन्ने प्रश्नको उत्तरका लागि माथि उल्लेख गरिएका यी दुई प्रसंगहरु काफी छन् । पहिलो, समाज अज्ञानता, अन्धविश्वास तथा कुसंस्कारले आक्रान्त छ । दोश्रो, कानूनको कार्यान्वयन गर्न सरकारले सकिरहेको छैन । महिनावारी हुँदा गरिने छुवाछुतलाई कानूनले दण्डनीय मानेको छ । तर विद्यालयमै खुलेआम छुवाछुत हुन्छ । बालविवाहलाई कानूनले दण्डनीय मानेको छ, तर प्रहरीकै स्कटिङमा बालबिबाह भएका समाचार आइरहेका छन् ।

यस्ता कु-संस्कार समाजमा व्याप्त हुनुको मुख्य कारण यौन तथा प्रजनन शिक्षाको अभाव हो । हामी पूर्विय दर्शनबाट ‘गाइडेड’ छौं । पूर्विय दर्शनको फेद वेदलाई मानिन्छ । वेदले न त महिनावारी हुनुलाई अपवित्र मानेको छ, न त बालविवाहलाई धर्म नै ।

हाम्रा पूर्वजहरुले कुनै विषम परिस्थितिबस् महिनावारीका बेला अरुलाई छुन नहुने चलन बसाए। महिनावारी हुनुअघि नै कन्यादान दिँदा धर्म हुने चलन बसाए । असुरक्षा तथा अपहरणलगायतका जोखिमबाट आफ्ना छोरी चेली बचाउनका लागि अपनाइएको यो उपायलाई नै पछि धर्म तथा संस्कारमा रुपान्तरण गरियो । तर आज २१ औं शताब्दीको यो युगमा पनि यस्ता गलत संस्कार तोड्न हम्मे-हम्मे परिरहेको छ । राज्यले पाठ्यक्रममै राखेर यौन तथा प्रजनन शिक्षा दिन थालेको धेरै भयो । यस्ता कु-संस्कार विरुद्ध जनचेतना फैलाउन थालेको र कानून ल्याएको पनि धेरै भयो, तर प्रतिफल आउन सकिरहेको छैन् । त्यसैले अब यस्ता कु-संस्कार हटाउन अभियान नै छेड्नु जरुरी भइसकेको छ ।

पशुपंक्षी तथा जनावरमा यौन र प्रजननबीच के -कस्तो सम्बन्ध हुन्छ ?, विज्ञहरुले अध्ययन पनि गरिरहेका होलान् । तर मानिसका लागि भने यौन र प्रजनन् एक शिक्काका दुई पाटा हुन् । प्रजनन उमेरपछि मानिसमा यौन इच्छाले निरन्तर तिव्रता पाउँछ । जनावरहरु आनन्दका लागि भन्दा पनि प्रजननका लागि यौन सम्पर्क राख्छन् भने मानिसहरु प्रजननका लागि भन्दा पनि आनन्दका लागि यौन सम्पर्क राख्छन् । अर्थात मानिसमा यौनसम्पर्कको मुख्य उद्देश्य भनेकै मनोरञ्जन हो । प्रकृतिले नै मानिसलाई यो गुण दिएको हो । विश्वमा ठूल्ठूला लडाँइ यौनको विषयलाई नै लिएर भएको इतिहास छ । यस्ता लडाँइ रोक्नका लागि हाम्रा पुर्खाहरुले यौन सम्पर्कलाई गोप्य तथा मर्यादित बनाउन विभिन्न आचारसंहिता बनाए । विवाहको पद्धति बसाले । विवाहित जोडी बाहेक अरुबीच हुने यौन सम्पर्कलाई पापको संज्ञा दिइयो । यौनसम्पर्क भएको देखेमा नर्कमा परिने मान्यता स्थापित गराइयो । तर यस्ता आचारसंहिता समेत पालना नभएको पौराणिक ग्रन्थहरुमा नै उल्लेख छ । त्यतिबेलै ऋृषि वात्स्यायनले कामसूत्र लेखे । काम महर्षि वात्स्यायनको कामसूत्र विश्वको प्रथम यौन संहिता नै मानिएको छ । सात भाग (अधिकरण), ३६ अध्याय, ६४ प्रकरणमा बाँडिएको यो ग्रन्थ स्त्री र पुरुष दुवैले समानरूपमा अध्ययन र मनन गर्नुपर्ने बताइएको छ । आलिंगन, चुम्बन, स्पर्श, दाँत र नङको प्रयोग, सित्कार, यौन अंगको स्वरुपका आधारमा स्त्री र पुरुषको वर्गिकरण, स्त्री र पुरुषमा हुनुपर्ने ६४ कला, बर्जित सम्बन्ध, स्वीकृत सम्बन्धदेखि कामक्रियाको समयमा अपनाउनुपर्ने विधि बारेमा वर्णन गरिएको यस ग्रन्थको विश्वका प्रायः सबैजसो भाषामा अनुवाद र उद्दरण गरिएको पाइन्छ ।

यसैगरी हाम्रो समाजमा यौन तथा प्रजनन् शिक्षा दिने केही मौलिक पद्धतिहरु पनि थिए । हरेक समुदायमा यस्ता मौलिक पद्धतिहरु फरक फरक रहे । भाउजुबाट नन्दले यौन तथा प्रजनन् शिक्षा लिने चलन होस् वा गुरुङ समुदायमा रोधीको चलन । तर अब युग फेरियो । यौन तथा प्रजनन् शिक्षाका परम्परागत पद्धतिहरु लोप भए । निरन्तरता पनि संभव भएन । शैक्षिक पाठ्यक्रममै यौन तथा प्रजनन् शिक्षा समावेश गरियो । तर जो विद्यालय जान पाउँदैनन्, र बीचमै पढाइ छाड्न वाध्य छन्, उनीहरुका लागि प्रजनन् तथा यौन शिक्षा लिने अवसर खोइ ?

हाम्रो राज्यसँग साधन स्रोत थोरै छ । समस्या धेरै छन् । त्यसैले कुन समस्या ठूलो कुन सानो ? राज्यले कुन समस्यालाई प्राथमिकता दिने वा कुनलाई नदिने ? भन्ने अनेक थरी बहस हुनु स्वभाविकै हो । यौन तथा प्रजनन् शिक्षालाई राज्यले विशेष प्राथमिकतामा राखेको छैन । चासो सबैको हुन्छ, यौन सम्बन्धी सामग्री सबैभन्दा बढी पढिन्छ, हेरिन्छ तर राज्यको उच्च प्राथमिकतामा भने यौनिक शिक्षा पर्दैन । हामी यहीँनेर चुकेका छौं । व्यक्तिको पहिलो पाठशाला भनेको परिवार हो, त्यस पछि समाज । मान्छेले धेरै कुरा परिवारबाट नै सिक्छ , त्यस पछिमात्रै समाजबाट । तर यौन तथा प्रजनन् सम्बन्धि शिक्षा परिवार तथा समाजबाट सिक्ने संस्कारको विकास हामी कहाँ भइरहेको छैन । सामाजिक मर्यादा, गोप्यता, लाजजस्ता विविध मानसिकताका कारण परिवार तथा समाजबाट यौन तथा प्रजनन् शिक्षा प्राप्त गर्ने अवसरबाट हाम्रा किशोर किशोरीहरु वञ्चित छन् ।

यौन स्वास्थ्य भन्नाले शारिरीक, मानसिक र सामाजिक रूपले यौनिकताका सन्दर्भमा हरेक पक्षबाट सक्षम भई जीवनको कल्याण हुने अवस्थाको सिर्जना गराउनु हो । यसले यौनिकता र यौन सम्बन्धमा सकारात्मक र सम्मानजनक दृष्टिकोणको अपेक्षा राख्दछ । यसमा कुनै जबरजस्ती वा भेदभावविनाको हिंसारहित आनन्ददायी तथा सुरक्षित यौन व्यवहारको अनुभूत गरिन्छ । किशोरावस्थाको प्रजनन स्वास्थ्य समस्या अन्य अवस्थाको भन्दा फरक हुन्छ । किशोरावस्थामा शारीरिक तथा मानसिक परिवर्तन तीव्र रूपमा हुने हुँदा किशोर किशोरीमा विभिन्न प्रकारको जिज्ञासा आउने गर्दछ । यतिबेला पर्याप्त मात्रामा सही जानकारी भएन भने उनीहरूका जीवनमा धेरै असरहरू (जस्तैः यौनजन्य रोग लाग्ने, बलात्कारतर्फ प्रवृत्त हुने, लागु पदार्थ दुव्र्यशनी बन्ने, पढाइमा कमजोर हुने आदि ।) पर्न सक्छन् ।

बहिनीको अनुहार हतास देखेपछि दिदीले एक्लै लगेर सोधिन, यस्तो मलिन अनुहार किन ? बहिनीले बढो सकसका साथ भनिन्–‘ तपाँइका ज्वाँइले  त याैन सन्तुष्टि नै दिन सक्दा रहेनछन् ।’ तत्काल दिदीले यो कुरा आफ्ना श्रीमानलाई भनिन् । श्रीमानले आफ्ना जेठानलाई भने । त्यसपछि ज्वाइँ/जेठान खुकुरी बोकेर लमीकहाँ पुगे । ठूलो खैलाबैला भयो । सोधखोज गर्दै जाँदा पत्ता लाग्यो–‘ लमीलाई त परै जाओस् केटाका बाबु आमालाई पनि छोराको त्यो कमजोरीबारे थाह रहेनछ ।’ केटीले तत्कालै विद्रोह गरेका कारण त्यो विवाह बदर भयो ।

यौन तथा प्रजनन प्रक्रियाप्रतिको अज्ञानताका कारण उब्जिएका र उब्जने समस्या साना छैनन् । यो समस्याबाट महिलाहरु धेरै पीडीत छन् । उदाहरणका लागि तीन वर्ष पहिले चितवनको एकसमाचारलाई लिउँ । बहिनिको विवाह भएको ६ दिन पछि दिदी भेट्न गइन् । बहिनीको अनुहार हतास देखेपछि दिदीले एक्लै लगेर सोधिन, यस्तो मलिन अनुहार किन ? बहिनीले बढो सकसका साथ भनिन्–‘ तपाँइका ज्वाँइले  त याैन सन्तुष्टि नै दिन सक्दा रहेनछन् ।’ तत्काल दिदीले यो कुरा आफ्ना श्रीमानलाई भनिन् । श्रीमानले आफ्ना जेठानलाई भने । त्यसपछि ज्वाइँ जेठान खुकुरी बोकेर लमीकहाँ पुगे । ठूलो खैलाबैला भयो । सोधखोज गर्दै जाँदा पत्ता लाग्यो–‘ लमीलाई त परै जाओस् केटाका बाबु आमालाई पनि छोराको त्यो कमजोरीबारे थाह रहेनछ ।’ केटीले तत्कालै विद्रोह गरेका कारण त्यो विवाह बदर भयो ।

हाम्रो समाजमा अहिले पनि केटीले यसरी विद्रोह गर्न सक्ने अवस्था छैन । कतिपय महिलाहरु सहेरै बसेका छन् । छोराको कमजोरीले सन्तान नभएको कुरा थाह छैन । उल्टै बुहारीलाई खोट लगाउँदै अर्को विवाह गर्ने प्रचलन पनि छ । यसैगरी कतिपय केटाहरु महिनावारी नै नहुने केटी विवाह गर्न बाध्य भएका उदाहरणहरु पनि धेरै छन् ।

यसकारण आफ्ना छोरा/छोरीमा यौन तथा प्रजननकाे अवस्था के/कस्तो छ ? भन्ने कुरा प्रत्येक बाबु आमाले समयमै थाह पाउनुपर्छ । समयमै थाह भयो भने उपचार गर्न सकिन्छ । उपचार हुन नसक्ने अवस्था रहेछ भनेपनि थप दुर्घटनाबाट जोगिन्छ । यसका लागि धेरै ठूलो अनुसन्धानको आवश्यकता पनि पर्दैन । शरिर हलक्क बढ्नु, हर्मोनहरुमा परिवर्तन हुनु, लिंग, काखी, छातीमा राैं पलाउनु, दारी जुँगा आउनु, लिङग तथा अण्डकोषको वृृद्धि हुनु, आवाजमा परिवर्तन हुनु, स्वप्नदोष हुनु, स्खलन हुनु, छाती चौडा हुनु नै केटा मान्छे यौन तथा प्रजननका  लागि योग्य भएका लक्षण हुन् । यस्ता लक्षण आमा–बाबुले थाह पाउन खासै जटिल छैन् । यसैगरी शरीर हलक्क बढ्नु, कम्मरमुनीको भाग बढ्नु र तिघ्रा सोली आकारको हुनु, हर्मोनमा परिवर्तन आउनु र काखीमुनी रौं आउनु, स्तन बढ्दै जानु, योनीको आकारमा वृद्धि हुनु, आवाज परिवर्तन भई सुरिलो हुँदै जानु र महिनावारी हुनु छोरी मान्छे प्रजननका लागि योग्य भएका लक्षण हुन् । यो प्रकृिया स्वभाविक हो । यस्तो परिवर्तनबाट स्वास्थ्यमा कुनै असर गर्दैन भन्ने कुराको जानकारी किशोर किशोरीहरुमा दिनुपर्छ । यसरी परिपक्क भएपछि विपरित लिंगीप्रति आकर्षण बढ्नु प्रकृतिको धर्म नै हो ।

किशोरावस्थामा प्रवेशपछि यौनसम्बन्धी विभिन्न जिज्ञासा उठ्न थाल्छन् । यस्ता जिज्ञासाको समाधान कसरी पाउने ? भन्ने चासो सबैलाई हुन्छ तर धेरैले भन्न सक्दैनन् । किशोर/किशोरीहरूका शरीरमा विभिन्न किसिमका परिवर्तन आउन थालेपछि उनीहरूको बाह्य क्रियाकलापमा पनि कमी आउने अध्ययनले देखाएको छ । यस्तो अवस्थामा आवेशमा आएर गलत बाटोतर्फ अग्रसर हुने सम्भावना हुन्छ । यस्ता जिज्ञासाको जानकारी समयमै प्राप्त भए उनीहरू गलत दिशातर्फ जान रोकिन्छन् । यौनका सम्बन्धमा किशोर/किशोरीहरूको जिज्ञासा कसरी समाधान गर्ने ? भन्ने बहस प्राचीनकालदेखि नै चलिआएको छ । यौन क्रियाकलापमा बढी रुचि हुने किशोर8/किशोरीहरूमा बाल्यकालमा आमा बन्ने समस्या देखापर्छ भने कम जिज्ञासाले पछिमात्रै हिनताबोध हुनथाल्छ । यद्यपि अभिभावकले किशोरावस्थामा उनीहरूको अंगमा आएको परिवर्तन, उनको आवश्यकता एवं मानसिक स्तरअनुसार सम्झनुपर्छ । जसले उनीहरू अझ बढी कामुक नबनून र व्यवहारिक रूपमा अघि बढुन् भन्ने कुरामा विशेष सचेत हुनुपर्छ ।

यौन आकर्षणले दुर्घटना ननिम्त्याओस भन्नका लागि नै यौन तथा प्रजनन् शिक्षा अपरिहार्य छ । यौन तथा प्रजनन् शिक्षाको अभावमा दुर्घटना निम्तिने सम्भावना ९० प्रतिशत भन्दा बढी हुन्छ । जिवन नै चौपट हुन्छ । कसै/कसैमा यौन सम्पर्कको तिव्र चाहना हुन्छ । भाँडो भरिएपछि पोखिन्छ । जब पोख्ने ठाउँ थाह हुँदैन तब दुर्घटना हुन्छ । बलात्कारका घटना यस्तै समस्याका उपज हुन् ।

यौन आकर्षणले दुर्घटना ननिम्त्याओस भन्नका लागि नै यौन तथा प्रजनन् शिक्षा अपरिहार्य छ । यौन तथा प्रजनन् शिक्षाको अभावमा दुर्घटना निम्तिने सम्भावना ९० प्रतिशत भन्दा बढी हुन्छ । जिवन नै चौपट हुन्छ । कसै/कसैमा यौन सम्पर्कको तिव्र चाहना हुन्छ । भाँडो भरिएपछि पोखिन्छ । जब पोख्ने ठाउँ थाह हुँदैन तब दुर्घटना हुन्छ । बलात्कारका घटना यस्तै समस्याका उपज हुन् । विज्ञहरु भन्छन्– हस्तमैथुनले यौन उत्तेजनालाई निकास दिन्छ । बलात्कार तथा अन्य यौन दुर्घटनाका संभावनालाई हस्तमैथुनले टार्छ ।’ यदी यो कुरा सत्य हो भने किशोर किशोरीहरुलाई यसको ज्ञान किन नदिने ? तर हाम्रो समाजमा हस्तमैथुन अव्यवहारिक तथा नराम्रो मान्ने गरिन्छ । यसैगरी यौन चाहना तिब्र  हुँदा र प्रकट गर्ने माध्यम नहुँदा स्वप्नदोष हुन्छ । निदाएको बेलामा कामुक सपना देखी निदाएकै समयमा बिना माध्याम यौन सम्पर्क हुने र स्खलन हुने गर्दछ । यसैलाई स्वप्नदोष भनिन्छ । यो प्रकृया केटा र केटी दुवैमा स्वत हुने गर्दछ । स्वप्नदोषका कारण किशोर/किशोरीमा डिप्रेसन बढेका घटना पनि धेरै भएको चिकित्सकहरु बताउँछन् ।

यसैगरी विश्व अहिले एचआइभीसँग लडिरहेको छ । एचआइभीको नयाँ संक्रमण दर रोक्न लाखौँ पैसा खर्चिए पनि संक्रमण दर बढेको बढ्यै छ । एउटा अध्ययनअनुसार २०१० देखि २०१६ सम्ममा १५ देखि २४ वर्ष उमेर समूहमा एचआइभी संक्रमण १२ प्रतिशतले बढेको छ । ‘विश्वमा वर्षेनी करिब ३३ करोड ३० लाख नयाँ यौनसंक्रमित रोगी भेटिन्छन् । यसको असर नेपालमा पनि स्वाभाविक रूपमा पर्न सक्छ । यसैगरी गर्भपतनको संख्या पनि ह्वात्तै बढेको छ । गर्भपतन बाध्यता हो, रहर होइन । गर्भपतनले महिलाको स्वास्थ्यमा ज्यादै प्रतिकुल असर पुर्याउँछ । यसको विकल्प भनेको पनि यौन तथा प्रजनन् शिक्षा नै हो ।

अभिभावकले आफ्ना किशोर किशोरीमा के-कस्ता परिवर्तन आइरहेका छन् बुझ्नुपर्छ । यदि उनीहरूले कुनै कुरा सोध्ने गरेका छैनन भने आफै सतर्क हुनु उचित हुन्छ । यौनसम्बन्धी ज्ञान दिनुपूर्व यौनको आवश्यकता, महत्व र प्राथमिकताका सम्बन्धमा बुझाउनु पर्छ । यौनका सम्बन्धमा डर, त्रास देखाएर भ्रममा पार्नुहुँदैन । यौन शिक्षाको अर्थ र संभोग कला बुझाउनु मात्र नभएर त्यससँग सम्बन्धित सबै व्यवहार परिवर्तन, आवश्यकता आदि विषयमा बुझाउनु पनि हो । यसो नभए गलत धारणा वा भ्रम सिर्जना हुने सम्भावना रहन्छ जसले गर्दा हीन भावना बढ्नसक्छ र उनीहरूको आत्मविश्वास पनि घट्नसक्छ । किशोर/किशोरीहरूले विभिन्न पुस्तक, इन्टरनेट, पोर्न साइट वा गलत संगतले यौनका सम्बन्धमा आधा, अधूरो वा गलत ज्ञान आर्जन नगरून् भन्ने विषयमा ख्याल राख्नुपर्छ । किशोर/किशोरीले कस्तो चित्र हेर्छन ? टिभीमा कस्तो कार्यक्रम हेर्न रुचाउँछन् ? कस्तो चलचित्र मन पराउँछन । इन्टरनेटको के-कस्तो साइट सर्च गर्छन ? फोनमा कोसँग कस्तो कुरा गर्छन् ? कोठामा बस्दा एक्लै के गर्छन् ? राति किन अबेरसम्म बस्छन् ? आदि कुरा राम्राेसँग बुझी एक्लै भएको अवस्थामा सम्झाउनुपर्छ ।

सबैका सामु यौनसम्बन्धी कुरा गर्दा गलत सन्देश जान सक्छ । उनीहरूले गलत कुरा सिकेका वा बुझेका छन् भने त्यसलाई बेलैमा सच्याउनुपर्छ । यस्तो बेलामा नैतिक ज्ञानको आवश्यकता पर्छ । यद्यपि यस विषयमा प्रारम्भिक जानकारी घरमै दिनु उचित हुन्छ । अभिभावकले किशोर किशोरीहरूलाई आफ्नै किसिमले ‘सेक्स तथा सेक्सुआलिटी’ का सम्बन्धमा भएको फरक बुझाउनुपर्छ । यौनको संवेदनशीलता बुझेर अभिभावकले उनीहरूलाई सही जानकारी दिनुपर्छ ।

यौन शिक्षाको अर्थ र संभोग कला बुझाउनु मात्र नभएर त्यससँग सम्बन्धित सबै व्यवहार परिवर्तन, आवश्यकता आदि विषयमा बुझाउनु पनि हो । यसो नभए गलत धारणा वा भ्रम सिर्जना हुने सम्भावना रहन्छ जसले गर्दा हीन भावना बढ्नसक्छ र उनीहरूको आत्मविश्वास पनि घट्नसक्छ । किशोर/किशोरीहरूले विभिन्न पुस्तक, इन्टरनेट, पोर्न साइट वा गलत संगतले यौनका सम्बन्धमा आधा, अधूरो वा गलत ज्ञान आर्जन नगरून् भन्ने विषयमा ख्याल राख्नुपर्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu