Connect with us
Kapilvast Forest

उमेर १६ वर्ष, तौल ६ किलो

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

काठमाडौं । उमेर १६ वर्ष । तौल ६ किलो । उचाइ ८१ सेन्टिमिटर मात्रै । बझाङको केदारस्युँ गाउँपालिका–७ काँडेचौरकी रुमना धामीको शारीरिक अवस्था हो यो ।

रुमलाको परिचय यतिमै सकिँदैन । उनी पूर्ण रुपमा अशक्त छन् । एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न पनि उनलाई सहारा नभइ हुन्न । उनका हातखुट्टा राम्रोसँग चल्दैनन् सिधा उभिनसमेत उनी सक्दिनन् ।

आमा हासुलीदेवी धामीका अनुसार जन्मिँदा उनमा कुनै शारीरिक समस्या थिएन । जन्मेको सात महिनापछि भने उनी नराम्रोसँग बिरामी भइन् । बुबा आमाले उपचारमा कुनै काी हुन दिएनन तर ठिक भएन । त्यसपछि उनमा शारीरिक समस्या देखिन थाल्यो ।

‘जन्मेको ७ महिनापछि रुमला नराम्ररी बिरामी परिन्, शुरुमा धामीलाई देखायौ’ आमा हनसुलीदेवी भन्छिन्– ‘ ठिक नभएपछि स्वास्थ्य संस्थामा समेत लग्यौ तर उपचार भएन के गर्नु ? भाग्यले नै ठगेको रहेछ ।’ रुमलाअघिका ३ र पछिका १ सन्तानमा कुनै शारीरिक समस्या छैन । सबै ठिकै छन् ।

रायल प्राथमिक स्वास्थ्य केन्द्रका अहेब कमला मल्लका अनुसार रुमलाको शारीरिक मानसिक वृद्धि विकासमा समस्या आउँदा उनी अपाङ्ग बनेकी हुन् । उनलाई मालै मात्र पूर्ण अशक्त अपाङ्गता भएको समूहमा समावेश गरी केदारस्युँ गाउँपालिकाले ‘क’ वर्षको परिचयपत्र दिएको छ । राजधानी दैनिकमा प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu