Connect with us
Kapilvast Forest

कोरोना संक्रमण : आत्तिनु नपर्ने भयो

२०७६, १९ चैत्र बुधबारमा प्रकाशित

१९ चैत ,काठमाण्डौ :डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ:कोरोना संक्रमणको निदान तथा उपचारमा धेरै प्रगति भइरहेको छ । छिमेकी देश भारतले कोरोना परीक्षण किटको सफल प्रयोगपछि ठूलो संख्यामा किट निर्माण गरिरहेको छ | १०० भन्दा धेरै कोरोना भाइरसका बिरामी भारतका अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् ।

-त्यस्तै चीनमा यसको महामारी नियन्त्रणमा आइसकेको छ | चीनले ठूलो मात्रामा औषधि, उपकरण तथा टेस्ट किट निर्माण गरेर विश्वव्यापी रुपमा आपूर्ति गरिरहेको छ ।

-कोरियामा संक्रमितको ग्राफ फ्ल्याट भएको छ । अर्थात घटिरहेको छ । जापानले संक्रमणलाई आफ्नो नियन्त्रणमा राखेको छ ।

-इजरायलका बैज्ञानिकले कोरोना विरुद्धको खोपमा ठूलो प्रगति गरेका छन् ।

-चीनमा ८६ बर्षदेखि १०३ बर्षका बिरामी पनि ठिक भएर डिस्चार्ज भएका छन् ।

-भारतमा पनि ८६ बर्षका बिरामी जसलाई सुगर र प्रेसरका दीर्घ रोगी थिए, उनी निको भएर घर फर्किएका छन् ।

-युरोप र अमेरिकामा निको भएर घर फर्किनेको संख्या ह्वात्तै बढेको छ ।

-नेपालमा ७ प्रदेशबाट नै कोरोना संक्रमणको परिक्षण भइरहेको छ ।

– अहिलेसम्म संक्रमित ५ जनामध्ये १ जना निको भइसकेका छन् भने बाँकी ४ जनाको अवस्था सुधारोन्मुख छ । सरकारले लक डाउनलाई प्रभावकारी बनाएको छ । – उच्च रक्तचाप, मधुमेह लगायतका बिरामी जसलाई औषधि सेवनले नियन्त्रणमा राखेको छ, त्यस्ता ९५ % बिरामी निको भएर फर्किएका छन् ।

– हाल मृत्यु भएका ३८ हजार मध्ये अधिकांश व्यक्ति किड्नी फेल भएका, क्यान्सरको अन्तिम चरणका, एचाइभी /एड्सको औषधिले काम गर्न छोडेका तथा Immunosupressant रोग भएका छन् ।

कोरोना संक्रमण नफैलिएको भए पनि उनीहरुमध्ये ५० % को मृत्यु नाजुक स्वास्थ्यको कारण हुने थियो ।
हामी नागरिक चेतनशील भएका छौं | १ महिना यो कहर काट्यौं भने हामीले कोरोनालाई जित्नेछौं ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,