Connect with us
Kapilvast Forest

सगरमाथाको उचाइ सार्वजनिक गर्ने तयारी

२०७७, १५ असार सोमबारमा प्रकाशित

काठमाडौँ । नेपालले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ चाँडै नै सार्वजनिक गर्ने भएको छ ।भारतले संयुक्त रुपमा सगरमाथाको उचाइ नाप्न गरेको आग्रहलाई अस्वीकार गर्दै नेपालले गत वर्ष आफ्नै लगानी र प्रविधिको प्रयोग गरी सगरमाथाको उचाइ नापेको थियो ।

नेपाल र चीनबीच सगरमाथाको हिउँलाई आधार मानेर उचाइ नाप्ने कि चट्टानलाई आधार मान्ने भन्ने बारेमा छलफल भइरहेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

आजको राष्ट्रिय सभाको बैठकमा मन्त्री ज्ञवालीले समसामयिक विषयमा जानकारी दिँदै हिउँलाई आधारमा मान्दा सगरमाथाको उचाइ ८ हजार ८ सय ८४ मिटर रहेको र हाल विश्वले नै यसैलाई मान्दै आएको बताउनुभयो। चट्टानलाई आधार मान्दा भने ८ हजार ८ सय ४४ दशम्लव ४३ मिटर हुन आएको चीनले जानकारी नेपाल सरकारलाई दिएको छ ।

सगरमाथाबाटै सीमाना जाने भएका कारण दुवै देशको सहमतिमा सगरमाथाको उचाइ टुङ्ग्याउनुपर्ने भएका कारण छलफल जारी रहेको मन्त्री ज्ञवालीले बताउनुभयो । गत वर्ष नेपालले नापेको सगरमाथाको उचाइको विवरण र तथ्याङ्क केलाउने काम भइरहेको अनि नेपालको तर्फबाट सगरमाथाको उचाइ सार्वजनिक गर्ने तयारी भइरहेको छ उहाँले जानकारी दिनुभयो।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीनबीच सीमासम्बन्धमा विवाद नरहेको स्पष्ट पार्नुभएको छ । केही सञ्चारमाध्यमले नेपालको भू–भाग चीनले अतिक्रमण गरेको भन्ने ‘फेक न्यूज’ सम्प्रेषण गरेको भन्दै दुई देशको सम्बन्धलाई असर पर्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो ।

“नेपालका केही भ–ूभाग चीनले अतिक्रमण गर्यो भन्ने समाचार सार्वजनिक भयो, नेपालको भू–भाग चीनतर्फ पनि चारकिल्लामा सीमा अतिक्रमण गरेको भन्ने समाचार कसरी आयो ?”, मन्त्री ज्ञवालीले भन्नुभयो, “प्रतिवेदन कस्ले कसरी बनायो, त्यसको बारेमा सरकारले अध्ययन गरिरहेको छ, गलत सूचनाले दिग्भ्रमित बनाउँछ, त्यस्तो काम नगरौँ ।”

मन्त्री ज्ञवालीले दुई देशको सुमधुर सम्बन्धमा असर पार्ने सम्वेदनशील समाचार प्रकाशन नगर्न र भ्रमपूर्ण समाचार नछाप्न आग्रह गर्दै नेपाल–चीनबीच सीमासम्बन्धी कुनै पनि समस्या नभएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार दुई देशबीच सीमासम्बन्धी शान्ति तथा मैत्री सन्धिमा संयुक्त रुपमा हस्ताक्षर भएको छ ।

हरेक १०/१० वर्षमा सीमाको निरीक्षण गर्ने समेत सहमति भइरहेको जानकारी गराउँदै उहाँले तेस्रो पटकको सीमा निरीक्षणले सीमा सत्यता होस् भन्नका लागि भौगोलिक सीमा स्तम्भ राखिने निर्णय गरिएको बताउनुभयो । पश्चिमतिर त्रिदेशीय विन्दुका विषयमा भने टुङ्ग्याउने तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो ।

मन्त्री ज्ञवालीले नेपालको नयाँ नक्शा जारी भएपछि उत्पन्न विवादलाई समाधान गर्नका लागि मित्रराष्ट्र भारतसँग निरन्तर सम्पर्कमा रहेको र नेपाल–भारतबीच सम्बन्ध राम्रो रहेको सदनलाई जानकारी गराउनुभयो ।

“कूटनीतिक माध्यमबाट नै समस्या समाधान हुन्छ भन्ने मान्यता र विश्वास छ”, मन्त्री ज्ञवालीले भन्नुभयो, “दुई देशको बहुआयामिक सम्बन्धलाई असर पार्ने कुनै पनि काम हुदैन, कुनै समस्या नपरोस् भन्नेमा सरकार सजग छ, यस्मा सबैको सहयोग हुन जरुरी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,