Connect with us
Kapilvast Forest

बार्यनलाई जर्मन कपको उपाधि

२०७७, २१ असार आईतवारमा प्रकाशित

एजेन्सी । रोबर्ट लेवान्डोस्किले सिजनमा ५०औं गोल पूरा गरेको खेलमा वायर्न म्युखिनले वायर लेभरकुजेनलाई हराएर जर्मन कपको उपाधि जितेको छ।

शनिबार ४-२ को जित हात पारेर उपाधि कब्जा गरेसँगै वायर्न २०औं पटक जर्मन कप च्याम्पियन बन्यो। वायर्नले १३औं पटक लिग र कप दुवैको उपाधि एकै सिजनमा जित्न सफल भयो।

यसअघि वायर्नले सिजनमा जर्मन बुन्डेसलिगाको उपाधि जितेको थियो।

वायर्नका लागि अलाबाले १६ मिनेटमा पहिलो गोल गरेका थिए। जिनर्बीले २४ मिनेटमा अग्रता दोब्बर पार्दा लेवान्डोस्किले ५९ र ८९ मिनेटमा गरी दुई गोल गरे।

जितसँगै म्युनिख २६ खेलमा अपराजित रह्यो। गत डिसेम्बरमा बराबरीमा रोकिएको वायर्नले लगातार १७ खेलमा जित हात पारिसकेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,