Connect with us
Kapilvast Forest

बार्सिलोनाले भिया रियललाई ४–१ ले हरायो,उपाधिको सम्भावना कायमै

२०७७, २२ असार सोमबारमा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिया रियललाई हराएको छ ।

गए राति भएको खेलका बार्सिलोनाले भिया रियललाई ४–१ ले हराउँदै उपाधिको आशा कायमै राखेको छ ।

पाउ टोरेसको आत्मघाति गोलसंगै बार्सिलोनाले तेस्रो मिनेटमै अग्रता लिएको थियो । त्यसपछि जेरार्ड मोरिनोले १३ औं मिनेटमा घरेलु टोलीका लागि बराबर बनाएका थिए । तर लुईस स्वारेजले २० औं मिनेटमा गोल गरे ।

 

पहिलो हाफको अन्तिम मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरेपछि बार्सिलोना ३–१ ले अघि बढाए । खेल सकिन चार मिनेट बाँकी छदाँ अंशु फातीले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए ।

बार्सिलोनाको फरवार्ड लाईनमा देखिएका मेस्सी, स्वारेज र ग्रिजम्यानको राम्रो प्रर्दशन गरेका थिए ।

जीतसंगै बार्सिलोनाले शीर्ष स्थानको रियलसंगको दुरी चार अंकमा झारेको छ । जितसंगै बार्सिलोनाले उपाधिको झिनो सम्भावना बाँकी राखेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,