Connect with us
Kapilvast Forest

युभेन्टसको लज्जास्पद हार, १८ मिनेटमा चार गोल

२०७७, २४ असार बुधबारमा प्रकाशित

एजेन्सी । इटालियन सिरी ए अन्तर्गत अंक तालिकाको शीर्षस्थानमा रहेको साविक विजेता युभेन्टसले पराजिति भएको छ ।

मंगलबारको खेलमा एसी मिलानको घरेलु मैदान सान सिरोमा युभेन्टस ४-२ ले पराजित भएको हो ।

निकै प्रतिस्पर्धा रहेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा भने ६ गोल सम्भव भएको थियो । युभेन्टसले दोस्रो हाफको सुरुवाती ८ मिनेटमा नै २-० को अग्रता लिएपनि १८ मिनेटको अन्तरमा लगातार ४ गोल खाएपछि हार बेहोरेको हो ।

हारका बाबजुद युभेन्टस अंक तालिकाको शीर्षस्थानमा ७ अंकले अगाडी रहेको छ । युभेन्टसको ३१ खेलमा ७५ अंक छ भने लाजियो ३१ खेलमा ६८ अंकसहित दोस्रो स्थानमा छ ।

मिलान भने ३१ खेलमा ४९ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,