Connect with us
Kapilvast Forest

लागुऔषधसहित दुईजना पक्राउ

२०७७, २९ असार सोमबारमा प्रकाशित

सिरहा : प्रहरीले सिरहाको दुई स्थानबाट लागुऔषधसहित दुईजना पक्राउ गरेको छ।पक्राउ पर्नेमा सीमावर्ती बरियारपट्टि गाउँपालिका २ श्रीपुरका २० वर्षीय चन्दन कुमार यादव र नवराजपुर गाउँपालिका ४ का रामपुकार शर्मा रहेको प्रहरीले जनाएको छ । यादवलाई बरियारपट्टि गाउँपालिका ३ बाट र शर्मा लहान बजारबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विनोद घिमिरेका अनुसार यादव पैदल यात्रीलाई सादा पोशाकको प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरिएको हो । उनको साथबाट लागुऔषध अल्प्राजोल्याम ट्याब्लेट १८०० पीस र पेन्टाजोसाईन २८६ एम्पुल बरामद भएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले शर्मालाई चेकजाँचको क्रममा पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध डाइजिल्याब ४६ एम्पुल, फेनारागन ४७ एम्पुल, नोफिन ४६ एम्पुल गरी जम्मा १३९ एम्पुल बरामद भएको छ । शर्माले प्रयोग गरेका १६० सीसीको अपाचे अनटेष्ट मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा लिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,