Connect with us
Kapilvast Forest

शिवराजका किसानलाई घाँसको विउँ र पम्पसेट वितरण

२०७७, २९ असार सोमबारमा प्रकाशित

फोटो दिपक के सी

 

कपिलवस्तु ।कपिलवस्तुको शिवराज नगरपालिकाले नगरका ७ वटा पशुफर्मका संचालकहरुलाई घाँस उत्पादनका लागी घाँसको विउँ र पम्पसेट वितरण गरेको छ ।

नगरपालिकाको आर्थिक बर्ष ०७६÷०७७ को पशु विकास तर्फ पशु आहार कार्यक्रम अन्तर्गत घाँसको विउँ उत्पादन स्रोत केन्द्र तथा नमुना नर्सरी स्थापना शिर्षक अन्तर्गत नगरमा संचालनमा रहेका उन्नत कृषि तथा पशुपालन फर्मका जिवलाल काफ्ले, भित्रियाको श्री सोनवागढ बहुउद्देश्य कृषि फर्मका संचालक राजु खराल, सेमरीको कपिलव गाई तथा भैसी पालन फर्म संचालक कपिल यादव, ककरहवाको एग्रिकल्चर पोल्टि फर्म संचालक सुरज पाण्डे, मामा भान्जा बहुउद्देश्य कृषि तथा पशु फर्म संचालक तारा प्रसाद घिमिरे,सिद्ध पशु तथा कृषि फर्म संचालक विर बहादुर सुनार र इन्द्र प्रताप सेनलाई नगर प्रमुख अधिकारीले पम्पसेट, घासँको विउँ वितरण गर्नुभएको हो ।

नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर किसानहरुको सजिलोका लागि घाँसको विउ , कृषि उपकरण तथा औजारहरु वितरण गरेको नगरपालिकाका नगर प्रमुख अधिकारीले बताउनु भयो ।

ब्यावसायीक रुपमा युवाहरु कृषि र पशुपालनमा क्षेत्रमा सक्रिय रहेका किसानहरुलाई कृर्षि समाग्री प्रदान गरिएको र आगामी दिनमा पनि अन्य युवालाई कृषि पेशा अगाल्न उत्प्रेरणा दिनु पर्ने बताउनु भयो ।कार्यक्रममा नगर प्रमुख नेत्रराज अधिकारी, पशु शाखा प्रमुख राम दुलारे यादव, पशु चिकित्सक रामप्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो ।

 

Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,