Connect with us
Kapilvast Forest

भन्सार विभागले बढायो एक्जिम कोड नवीकरण गर्ने समय

२०७७, १२ श्रावण सोमबारमा प्रकाशित

फाइल तस्बिर

काठमाडौं। भन्सार विभागले निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) नवीकरण गर्ने म्याद थप गरेको छ।विभागले कोरोना भाइरसका कारण नवीकरणमा समस्या परेको बताउँदै एक्जिम कोड नवीकरण गर्ने म्याद थप गरेको हो।

भन्सार नियमावली, २०६४ को प्रावधानबमोजिम निकासी वा पैठारी संकेत नम्बर प्रत्येक आर्थिक वर्षको लागि सो आर्थिक वर्ष सुरू हुनु अगावै नवीकरण गराउनुपर्ने हुन्छ।

तर, यसपटक लकडाउनलगायत कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विभागले असोज मसान्तसम्म नवीकरण गर्न मिल्ने व्यवस्था गरेको छ।

जसअनुसार, २०७६ चैत १० गतेभन्दा पछि म्याद सकिएको निकासी वा पैठारी संकेत नम्बरको नवीकरण असोज मसान्तसम्ममा गराउन सकिनेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,