Connect with us
Kapilvast Forest

छोराको कुटाइबाट बावुको मृत्यु

२०७७, १२ श्रावण सोमबारमा प्रकाशित

death

सुर्खेत : आफ्नै छोराको कुटाइबाट जुम्लाका एक वृद्धको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवन गरी घर आएका छोराले कुटपिट गर्दा बावुको मृत्यु भएको हो । जुम्ला कनकासुन्दरी गाउँपालिका-४ निवासी ३५ वर्षीय छोरा ऐनबहादुर शाहीले आफ्नै बुवा ७५ वर्षीय दानबहादुर शाहीलाई कुटपिट गरी हत्या गरेका हुन् ।

शनिबार मध्यराती बाहिरबाट मदिरा सेवन गरी घर आएका ऐनबहादुरले एक्‍कासी आफ्नै बुवालाई कुटपिट गर्नुको कारण भने खुलेको छैन । साउन १० गते राती कुटपिट भए पनि वृद्धको मृत्यु ११ गते दिउँसो मात्रै भएको हो ।

प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार घटनापछि घाइते भएका वृद्धलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक देवाराज भट्टराईसहितको टोली घटनास्थलतर्फ गएको बताइएको छ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,